पहिरोसँगै अाएकाे ढुङ्गाले च्यापिएर एक महिलाको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ आश्विन २०७५, सोमबार १४:०९

बागलुङ – बागलुङको बडिगाड गाउँपालिका ७ भिमगिठेको तुरतुरेमा झरेको पहिरोले एक महिलाको मृत्यु भएकाे छ। पहिरोसँगै अाएकाे ढुङ्गाले च्यापिएर बुर्तिबाङ बजारमा डेरा गरी बस्ने अन्दाजी ३५ वर्षीय बिबिरन खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक भुपिन्द्र खड्काले बताए। सोमबार मध्यान्ह खसेकाे पहिराे पार गरेर भिमगिठेतर्फ आउने क्रममा माथिबाट खसेको ढुङ्गाले च्यापिएर उनको ज्यान गएको  छ।  शुक्रबार राती साढे ११ बजे झरेको पहिरोले थुनिएको बडिगाड खोलाको पानी शनिवार बिहानबाट ओभर फ्लो भएर बगे पनि दुई किलोमिटर ताल घटेको छैन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१