उदिपुरमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रु ५२ वर्षीय लक्ष्मी तामाङको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ आश्विन २०७५, सोमबार १४:००

बेंसीशहर नगरपालिका–१ उदिपुरमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ।बिहान उदिपुरबाट सुन्दरबजार–९ भोटेओडार तर्फ जाँदै गरेको ग १३ प ९००३ नं स्कुटरले ५२ वर्षीय पैदलयात्रु लक्ष्मी तामाङलाई ठक्कर दिँदा टाउकामा गम्भीर चोट लागेको र उपचारका क्रममा जिल्ला सामुदायिक अस्पताल बेंसीशहरमा मृत्यु भएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।स्कुटर चालक गोरखा पालुङटार नगरपालिका–४ का १९ वर्षीय विजय भुजेललाई स्कुटरसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१