बिजुलीबजारस्थित धोबीखोलामा बन्न लागेको नेपालको पहिलो नेटवर्क आर्क ब्रिज (पुल) निर्माण सुस्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ आश्विन २०७५, सोमबार १२:३५

तीनकुने – माइतीघर सडकखण्डको बिजुलीबजारस्थित धोबीखोलामा बन्न लागेको नेपालको पहिलो नेटवर्क आर्क ब्रिज (पुल) निर्माण सुस्त देखिएको छ। सम्झौता सकिन लाग्दा पनि पुल निर्माण आधा सकिएको छैन । अहिलेसम्म पुल निर्माण ४५ प्रतिशत मात्रै सकिएको छ।नेटवर्क पुल निर्माणको लागि जेई कन्ट्रक्सन निर्माण कम्पनीले १३ करोड १४ लाख रूपैयाँमा ठेक्का लिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्व विजयलाल श्रेष्ठले बताए । ‘अहिलेसम्म ४५ प्रतिशत काम भएको छ । दसैंअगाडी नै दायाँ पुलमा गाडी गुडाउने लक्ष्य राखिए पनि तारहरू भारतबाट ल्याउनुपर्ने भएकाले केही ढिलाई हुने उनले बताए।२०७१ पुस १३ गते पुल निर्माणको सम्झौता भएको थियो । तर, टेन्डर डिजाइनमै साढे एक वर्ष लागेकाले २०७३ जेठबाट मात्रै पुल निर्माण सुरु भएको श्रेष्ठले बताए । सम्झौता अनुसार पुल निर्माण आउँदो पुस मसान्तसम्म सक्नुपर्नेछ । पुलको डिजाइन बनेपछि पनि खानेपानीका पाइप, ढल तथा टेलिफोन लगायका तारहरू हटाउनु परेकाले पनि निर्माणमा ढिलाइ भएको श्रेष्ठको भनाइ छ । नेपालमै पहिलो पटक पुल बनेकाले धमाधम निर्माण हुन नसकेको उनको भनाइ छ । उनले अबको एक वर्षमा पुल बनिसक्ने बताए । उनका अनुसार पुल निर्माणमा करिब ५ करोड रूपैयाँ खर्च भइसकेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१