बलात्कारका घट्ना वढेको वढ्यै, ५२ दिनमा मुलुकभर २२५ भन्दा बढी चेली बलात्कृत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ आश्विन २०७५, सोमबार ११:५६

कञ्चनपुरको बलात्कार काण्डले देश नै चिन्तित भएको बनिरहेका बेला बलात्कारका घटना भने झनै बढेका छन् । निर्मलाको बलात्कार र हत्या भएयता ५२ दिनमा २२५ भन्दा बढी चेली बलात्कृत भएका छन् ।महानगरीय प्रहरी कार्यालयका अनुसार ४५ दिनमा काठमाडौं उपत्यकामा मात्र ४२ महिलामाथि बलात्कार तथा बलात्कारका प्रयास भएको उजुरी परेको छ। साउन १ देखि भदौ २५ सम्म काठमाडौंमा मात्र बलात्कारका २८ घटना भएका छन्। ललितपुर र भक्तपुरमा सात सात घटना भएको छ। कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या भएयता ५२ दिनमा मुलुकभर २२५ भन्दा बढी चेली बलात्कृत भएको छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१