आठौं एकल साँझमा गीतकार बुद्धवीर लामा सम्मानीत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ आश्विन २०७५, सोमबार ११:०६

काठमाडौं – गीतकार बुद्धवीर लामाको सम्मानमा राजधानीमा गत शुक्रबार साँझ आयोजना गरिएको ‘आठौं एकल साँझ’मा गायकगायिकाले दर्जन बढी गीत प्रस्तुत गरेका छन्। ब्लुरेन एजुकेशन फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा गायकगायिकाले बुद्धवीरद्वारा लेखिएका विभिन्न गीतहरू प्रस्तुत गरेका थिए।कार्यक्रममा गायिका अपेक्षा बन्यातले ‘आमा तिम्रो माया’, ‘कहाँ छ त्यो बालअधिकार’, गायक नारायण लामाले ‘च्छो रोल्पा ताल’, पार्वती राईले ‘खोटाङ हलेसी’, सत्यकला राईले ‘भेटौला मायालु इन्टरनेटैमा’, ‘तिमीलाई हङकङ पु¥यायो’, शम्भु राईले ‘यो मन भन्छ कहाँ जाउ’, ‘चलेछ बतास सुस्तरी’, यम बरालले ‘बादलुको घुम्टोले’, कुन्ति मोक्तानले ‘म त हिँड्छु मेरै बाटो’ लगायतका गीत सुनाएका थिए।त्यस्तै कलाकार भुवन लामाले प्रहसन, साधना कला केन्द्र, ग्यालेक्सी पब्लिक स्कुल र ब्लुरेन इन्टरनेशनल बोडिङ स्कुलका विद्यार्थीले नृत्य देखाएका थिए। कार्यक्रममा गीतकार लामाको जन्मथलो इलामको सूर्योदय नगरपालिकाको विषयमा निर्माण गरिएको वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो।कार्यक्रममा गीतकार इश्वर श्रेष्ठ, देउडा गायक नन्दकृष्ण जोशी, साहित्यकार प्रतिक ढकाललाई ‘श्रष्ठा सम्मान २०७५’, ‘मिस एसएलसी’ रोजिना लामालाई ‘उत्कृष्ट समाजसेवी तथा नागरिक सम्मान २०७५’, सूर्योदय नगरपालिका इलामका प्रमुख रणबहादुर राई, आयुर्वेदिक चिकित्सक राकेशकुमार सिंह र शिक्षासेवी रामचन्द्र महतो कुशवाह ‘उत्कृष्ट नागरिक तथा राष्ट्रिय सम्मान २०७५’बाट सम्मान गरिएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१