दूध सेवन हाडजोर्नीका लागि लाभदायक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ आश्विन २०७५, सोमबार ०४:५६

घुँडाको जोर्नी सुन्निने, ओष्टियोआर्थराइटिसजस्ता दुखाईजन्य रोगको पूर्ण उपचार हालसम्म फेला परिसकेको छैन । तर, दैनिक दूध सेवनले हाडजोर्नीको रोग निको पार्न मद्दत पुग्ने अनुसन्धानकर्ताहरुले जनाएका छन्।

दूध क्याल्सियम, फोस्फोरस, म्याग्नेसियम र प्रोटिनका स्रोत हुन्, जुन हड्डी वृद्धि र विकासका लागि अनिवार्य छन् । बाल्यकालदेखि नै आवश्यकमात्रामा दुध र दुग्धजन्य उत्पादन उपभोग गर्नाले हड्डी मजबूत हुनाको साथै भविष्यमा ओस्टियोपोरोसिसजस्ता रोगसंग लड्ने क्षमतामा वृद्धि गर्छ ।

‘आर्थराइटिस केयर एण्ड रिसर्च’ नामक जर्नलमा प्रकाशित रिपोर्टका अनुसार नियमित रुपमा चिल्लोरहित दूधको सेवन गर्ने महिलामा घुँडाको ओस्टियोआर्थराइटिस ढिलो गरी भएको पाइएको थियो । तर, चिज सेवन गर्नेमा भने रोग चाँडो लागेको पाइएको थियो । तर, पुरुषमा भने यस्तो तथ्य नपाइएको अनुसन्धानकर्ताको भनाई छ । दही सेवन भने ओष्टियोआर्थराइटिस बढ्ने या घट्नेसंग संबन्धित नरहेको पाइएको छ।

अहिलेसम्म ओष्टियोआर्थराइटिस निको पार्ने कुनै औषधि निस्किएको छैन । दुख्ने समस्याबाट मुक्ति पाउन फिजियोथेरापी, तौल नियन्त्रण तथा औषधि सेवनको सल्लाह दिइन्छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सिडिसी० का अनुसार सन् २००५ सम्ममा अमेरिकामा २५ वर्षसम्मका २ करोड २७ लाख वयस्कहरु ओष्टियोआर्थराइटिसको समस्याबाट पीडित थिए । वैज्ञानिकका अनुसार ८५ वर्षको उमेरसम्ममा २ जनामध्ये एक जनामा ओष्टियोआर्थराइटिस हुन सक्छ भने ३ मध्ये २ जना मोटा व्यक्ति पनि यस्तो समस्याबाट पीडित हुन सक्छन्।

यसका साथै दुधमा हुने क्याल्सियम र फोस्फोरसको मात्राले दाँतको विकास र निर्माणमा मद्दत पुर्‍याउँछ । दुधमा पाइने प्रचुर प्रोटिनले दाँतको इनामेलको पातलो आवरण निर्माण गर्छ । यो आवरणले दाँत अम्लीय पदार्थको सम्पर्क आउँदा इनामेलबाट क्याल्सियम र फोस्फेट क्षति हुनबाट बचाउँछ ।

दुधले गुलिया खानाबाट दाँतलाई हुने असरबाट पनि बचाउँने अनुसन्धानहरुले देखाइसकेका छन्। यसैले पनि दन्तरोग विशेषज्ञहरुले दूधलाई खानाको बीचमा पिउँने सुरक्षित तरल पदार्थ भनेका छन्। यसले दाँतलाई सडनबाट पनि बचाउँछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१