काठमाडौंमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’ वितरण समारोहमा बलिउड सुपरस्टार गोबिन्दा

काठमाडौँ ।  गोविन्दा शनिबार नेपाल आएका छन्।  सुपरस्टार गोविन्दा आइतबार काठमाडौंमा आयोजना हुने एलजी फिल्म अवार्ड’ वितरण समारोहमा सहभागी हुन छोरीका साथ शनिबार काठमाडौं आएका हुन्।उनको नेपाल बसाइ ३ दिनको हुनेछ। बलिउड सुपरस्टार गोविन्दाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि संचारकर्मीमाझ नेपाललाई साहस र प्रेमको धर्ती भन्दै आफूलाई माया गर्ने नेपालीलाई धन्यवाद दिए। नेपाल बसाईको क्रममा आज उनले पशुपतिनाथको दर्शन गरेका छन् ।   राष्ट्रिय सभागृहमा हुने एलजी सिने सर्कल अवार्डमा सहभागीमा २०७४ सालको बैशाखदेखि चैत्र मसान्तसम्म रिलिज गरिएका नेपाली फिल्महरूलाई समेटिएको छ र लाइफटाईम अचिभमेन्ट सहित २३ विधामा अवार्ड प्रदान गरिने कार्यक्रम समारोहमा सहभागी हुन काठमाडौं आएका हुन्।

आइतवार, भदौ ३१, २०७५ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री