६४ वर्ष लागे भुवन केसी, जान्नुहोस उनका रोचक तथ्य

चर्चित निर्माता तथा अभिनेता भुवन केसीको जन्मदिन परेको छ । उनि आजबाट ६४ बर्षका लागेका छन् । भुवन नेपाली फिल्म क्षेत्रको एउटा ठूलो नाम हो । उनी जति चर्चित छन् त्यति नै विवादित पनि छन् । सन् १९८२ मा जुनी’ नामक फिल्मबाट आफ्नो फिल्मि करिअर सुरू गरेका नेपाली फिल्मका सदाबहार सुन्दर अभिनेतालाई जन्मदिनको शुभकामना । उनकी श्रीमती सुष्मिता केसीले केहीदिन अघि मात्र अष्ट्रेलियाका एक धनाढ्यसँग इंगेजमेन्ट गरेकी थिइन । केही वर्षदेखि उनी आफ्नै छोरा अनमोल केसीलाई लिएर फिल्म निर्माण गर्दै आइरहेका छन् । ड्रिम्स’ मार्फत त उनी निर्देशकसमेत भए । पछिल्लो पटक उनले अनमोललाई लिएर क्याप्टेन’ बनाएका छन् ।पछिल्लो समय उनी नायिका जिया केसीका कारण विवादित छन् ।भुवन र जिया केही वर्षदेखि एकसाथ बसिरहेका छन् ।

आइतवार, भदौ ३१, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री