अमेरिकी फुटबल क्लब इन्टर मियामीमा मेस्सीलाई भित्र्याउने बेकह्यामको योजना

काठमाडौं । डेभिड बेकहृयामले स्थापना गरेको अमेरिकी फुटबल क्लब इन्टर मियामीले पहिलो सिजनमै लिओनल मेस्सीलाई भित्र्याउने  योजना बनाएको छ । अर्जेन्टिनी स्टार मेस्सी बार्सिलोनाका गोलमसिन हुन् । अहिले बार्सिलोनाको सिंगो टिम उनकै वरिपरी घुमेको छ । १३ वर्षको उमेरमा नै बार्सिलोना आवद्ध भएका उनले बार्सिलोनाबाट सबै उपाधि जितिसकेका छन् । स्पेनिस क्लब बार्सिलोनामा मेस्सीको सम्झौता २०२०-२१ को सिजनसम्म छ । यदि मियामीले ठूलो अफर गरेमा २०२० को सिजनका लागि आकर्षित हुनसक्ने छ ।

बेकह्यामको क्लबसँग निकट स्रोतले मेस्सीसँग कुराकानी हुन बाँकी रहेको भए पनि उनलाई अफर गर्ने सम्भावना प्रबल रहेको  छ ।मेस्सीले विगतमा आफ्नो करिअर नाउ क्याम्पमै अन्त्य गर्ने बताएका थिए । उनी यूरोपका अन्य क्लबमा स्थानान्तरण हुने सम्भावना न्यून छ । तर, कतिपयले भने भावुकतावस अर्जेन्टिनाको क्लब फुटबलमा फर्किन सक्ने पनि कतिपयले आँकलन गरेका छन् । राष्ट्रिय टिमबाट खेल्दा भोगेको समस्याले गर्दा यो सम्भावना पनि झिनो रहेको  छ ।

आइतवार, भदौ ३१, २०७५ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री