भोटेकोशी नदीको पुलमा बाढीको पूर्व सूचना दिने यन्त्र जडान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०७५, आईतवार १६:१४

सिन्धुपाल्चोकको बाह्रबिसे बजारस्थित भोटेकोशी नदीको पुलमा बाढीको पूर्व सूचना दिने यन्त्र जडान गरिएको छ।‘हरिमाया फाउण्डेशन’ नामक संस्थाले जडान गरेकोको उक्त यन्त्रले तीन किलोमिटर टाढासम्म साइरनद्वारा बाढीको पूर्व सूचना दिने काम गर्ने संस्थाका कार्यकारी सदस्य नवीन श्रेष्ठले जानकारी दिनुभयो।हालै मात्र उक्त यन्त्र जडान गरिएको र स्थानीयवासीको माग भई आएमा अन्य स्थानमा पनि जडान गरी मानवीय क्षति हुनबाट स्थानीयवासीलाई सचेत गराउने उद्देश्य रहेको क्षेष्ठको भनाइ छ।विसं २०७३ साल असार २१ गते चिनियाँ क्षेत्रमा आएको बाढीले सीमा नदीको रुपमा बग्ने भोटेकोशीले ठूलो भौतिक क्षति पुर्याएको थियो।डेढ वर्षदेखि सामाजिक सेवा गर्दैआएको संस्थाले क्यान्सर तथा मिर्गौला जस्ता गम्भीरखाले बिरामीलाई रु २५ हजारसम्म आर्थिक सहयोग प्रदान गर्दैआएको बताइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०