नेपाल र चीनबीचका ६ वटा नाकामार्फत् आगामी दिनमा नेपालको व्यापार सहज हुने : सांसद योगेश भट्टराई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०७५, आईतवार १४:५९

काठमाडौं – नेकपाका सांसद योगेश भट्टराईले नेपाल र चीनबीचमा भएको पारवहन तथा यातायात सम्झौतासम्बन्धी प्रोटोकलमा भएको हस्ताक्षरले नेपाली अर्थतन्त्रलाई माथि उठाउने विश्वास व्यक्त गरेका छन्।प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै उनले नेपाल र चीनबीचका ६ वटा नाकामार्फत् आगामी दिनमा नेपालको व्यापार सहज हुने चर्चा गर्दै यसले कुटनीतिक सम्बन्धलाई पनि नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। उनले चीनसँगको नेपालको सबैभन्दा पुरानो नाका ताप्लेजुङको ओलाङचुङगोला रहेको स्पष्ट पार्दै यो नाका सुचारु भए विकासले फड्को मार्ने विश्वास ब्यक्त गरे।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१