प्रहरीलाई अपराधसम्बन्धी दैनिक दुई हजार फोन, १० मिनेटमा प्रहरीको टोली घटनास्थलमा पुग्ने !

काठमाडौं – कतै डाँका, चोरी, डकैती, दुर्घटनाजस्ता आपराधिक क्रियाकलाप त भएको छैन रु घटना भएको पाँचदेखि १० मिनेटमा प्रहरीको टोली घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउने प्रयास थालिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा यस्ता घटनासम्बन्धी दैनिक दुई हजार बढी फोन आउने गरेको छ । ार्यालयकाअनुसार उपत्यकामा हुने झै–झगडा, कुटपिट,चोरी, डकैती, जस्ताघटनाबारे जानकारी दिन यस्ता फोन आउने गरेको हो । झण्डै ६० लाख जनसङ्ख्या भएको उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरबाट महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेका २५ वटा फोन लाइनमा यस्ता गुनासा आउने गरेको छ ।

घटना हुने बित्तिकै जानकारी दिन कन्ट्रोल नं। १०० को १८ लाइन, ‘फोर डिजीट’को९११७७० एक लाइन, मोबाइल ९८५१२८३८३५, ९८५१२८३०२६, ९८६०३१२२१० र ९८६०३१२१३ का चार लाइन, स्मार्ट फोन एक लाइन र टेलिफोन ०१–४२२८४३५ मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ ‘हाम्रो पुलिस’ मोबाइल एप्समासमेत सूचना आउने गरेको छ । कहिलेकाँही प्रहरीलाई दुःख दिने नियतले समेत विभिन्न घटना भएको भनेर ढाट्नेसमेत गरेको पाइएको र ढाट्ने व्यक्तिलाई समातेर कारवाही गरिएको कार्यालयले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालयले उपत्यकाको शान्ति सुरक्षालाई मजबुत बनाउनका लागि पोशाकका प्रहरी, सादा पोशाकका प्रहरी, ठाउँठाउँमा सिआरबी भ्यान, क्यूआरटी भ्यान, मोटरसाइकल, साइकलसहितका प्रहरी खटाइएको छ । कार्यालयअन्तर्गत हाल ११ हजारभन्दा बढी प्रहरी कार्यरत छन् । यस्तै ट्राफिक दुर्घटनासम्बन्धी जानकारी दिन महानगरीय ट्राफिक प्रहरी महाशाखामा छुट्टै लाइनको व्यवस्था गरिएको छ ।उपत्यकाको जुनसुकै ठाउँमा दुर्घटना भए पनि १०३ हटलाइनमा खबर गरेपछि तत्काल ट्राफिक प्रहरी पुगेर घटनाबारे जानकारी लिन्छ । यसैगरी उपत्यकाको ट्राफिक व्यवस्थापनबारे जानकारी लिन ट्राफिक एप्सको समेत व्यवस्था गरिएको छ ।

आइतवार, भदौ ३१, २०७५ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री