बालुवा तस्करी : १ लाख रुपैयाँ घुससहित ९ जना प्रहरी नियन्त्रणमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०७५, आईतवार १२:१०

काठमाडौं- अख्तियारले बालुवा तस्करीमा मुछिएको भन्दै ९ जना प्रहरीलाई पक्राउ गरेपछि काँडाघारी प्रभाग र कोटेश्वर प्रभागका सवै प्रहरीलाई सरुवा गरिएको छ।प्रहरी निरीक्षक राजु लामा र काँडाघारी प्रभागका प्रहरी निरीक्षकलाई १ नम्वर गणमा सरुवा गरिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रामदत्त जोशीका अनुसार उनीहरुलाई आज बेलुकासम्म सम्वन्धित ठाउँमा जान निर्देशन दिइएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख रुपैयाँ घुससहित ९ जना प्रहरीलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी प्रभाग काँडाघारीका प्रहरी सहायक निरीक्षक (असई) गोपाल श्रेष्ठसहित कोटेश्वर प्रभाग र सानोठिमीमा कार्यरत ९ जनालाई शनिबार अख्तियारको विशेष टोलीले १ लाख घुससहित नियन्त्रणमा लिएको हो। बालुवा तस्करसँग पैसा लिएको पाइएपछि दुई असई, तीन हवल्दार र चार सिपाहीलाई १ लाख रुपैयाँसहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१