दक्षिणी सुडानमा शान्ति सेनाको रुपमा खटिएका एक नेपाली सैनिक गोली लागेर घाइते

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०७५, आईतवार ११:१५

सुडान-  संयुक्त राष्ट्रसंघिय मिसन अन्तर्गत दक्षिणी सुडानमा शान्ति सेनाको रुपमा खटिएका एक नेपाली सैनिक गोली लागेर घाइते भएका छन्।आइतबार बिहान येइ शहरमा पानी लिन जाने क्रममा सुडानको जनमुक्ति सेनाले हानेको गोली लागेर नेपाली सैनिक घाइते भएका हुन्। बिहान ८ बजे येइमा रहेको युएन क्याम्पबाट ताँती लागेर गुडेका शान्ति सेनाको २ वटा पानी ट्याङ्करसहित अन्य २ सवारीमाथि जनमुक्ति सेनाले गोली बर्साएका थिए।सोही क्रममा एक लडाकुले सवारी लक्षित आक्रमण गर्दा नेपाली शान्ति सैनिकका जवानलाई खुट्टामा गोली लागेको थियो भने लडाकु मानिसहरूको भिड्मा घुलमिल भएका थिए। सेनाको टुकडीले सर्वसाधरणलाई ध्यानमा राखी जवाफी कारबाही गरेनन्। घाइते नेपाली सैनिकलाई उपचारका लागि हेलिकप्टरबाट जुबा शहरमा लगिएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१