अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि दिने भनिएको जग्गा उपलब्ध नगराउने कृषि विश्वविद्यालयको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०७५, आईतवार १०:५०

काठमाडौं– कृषि तथा वनविज्ञान विश्वविद्यालयको सातौं सिनेट बैठकले अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि दिने भनिएको जग्गा उपलब्ध नगराउने निर्णय गरेको छ।यसअघि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको पहलमा धुर्मुस सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय भएको थियो। क्रिकेट मैदानका लागि २० विघा जग्गा उपलब्ध गराउने निर्णयअनुरुप जग्गा नापजाँचसमेत भएको थियो।भरतपुर महानगरपालिकासँगको सहकार्यमा फाउन्डेसनले रंगशाला निर्माण गर्नेगरी गृहकार्यसमेत थालिएको थियो।महानगरका प्रमुख रेनु दाहालका अनुसार विश्वविद्यालयलाई भरतपुर–१८ स्थित सार्वजनिक जग्गा सट्टाभर्ना गरेर रामपुरमा विश्वविद्यालयसँग क्रिकेट रंगशालाका लागि आवश्यक पर्ने जग्गा लिन लागिएको थियो।रंगशाला निर्माणमा फाउन्डेसनलाई विदेशी दाताले पनि लगानी गर्न इच्छा व्यक्त गरेको भन्दै छिटो काम गर्न ताकेता भइरहेको थियो।बैठकमा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा अाेलीले हाल जग्गा कृषि विश्वविद्यालयकाे स्वामित्वमा नरहेकाे जनाउँदै र‌ंगशाला निमार्णका लागि उपलब्ध गराउन नसकिने स्पष्ट पारेका थिए। याेसँगै यसअघि भरतपुर महानगरले गरेकाे निर्णय उल्टिएकाे छ।झन्डै ३ अर्बको लगानीमा बन्ने भनिएकाे अन्तर्राष्ट्रियस्तरको रंगशालाका लागि २५० मिटर चौडाइ र ५५० मिटर लम्बाइ भएको एउटै जग्गा आवश्यक पर्ने बताइएको थियो। महानगरका अन्य क्षेत्रमा रहेको सार्वजनिक जग्गा आवश्यक लम्बार्इ चौडार्इ मिल्ने गरी नपाइपछि विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण गर्ने बताइएको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१