नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) ले : क्रिकेट खेलाडीलाई सम्मान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०७५, आईतवार १०:२६

काठमाडौं – नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) ले  राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी र प्रदेश नम्बर ४ का युवा क्रिकेटर हरिबहादुर चौहानलाई शनिबार सम्मान गरेको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गरी केसीलाई डिभिजन ‘टु’ को प्रतियोगितामा क्यानाडाविरुद्ध सानदार खेल प्रस्तुत गर्दै नेपाललाई डिभिजन वानको बाटोमा पुर्याउन महत्वपूर्ण योगदान गरेको भन्दै समाजले विशेष सम्मान प्रदान गरेको हो। केसीले सम्मानस्वरूप नगद १ लाख रुपैयाँ प्राप्त गरे। काठमाडौंमा सम्पन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रस्तुत गरेका प्रदेश नम्बर ४ का चौहानलाई समर्थक समाजले उदीयमान खेलाडीको रूपमा ‘स्वर्गीय प्रमोद वज्राचार्य राष्ट्रिय सेवा सम्मान’ प्रदान गरेको छ । सम्मानसहित नगद २५ हजार रुपैयाँ पनि प्रदान गरिएको छ । चौहानले प्रधानमन्त्री कपमा प्रदेश नम्बर १ लाई पराजित गर्दा शानदार शतकीय इनिङ खेलेका थिए भने सोही खेलमा विपक्षीविरुद्ध ह्याट्रिक गरेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०