४४ बर्षपछि जलाउन थालियो बेवारिसे शव

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०७५, आईतवार ०८:१६

सनाखत नभएक बेवारिसे शव ४४ बर्षपछि जलाउन थालिएको छ । व्यवस्थापन गर्ने जग्गा अभाव भएपछि फरेन्सिक मेडिसिन विभागले शब जलाउन सुरु गरेको हो । विभागमा फ्रिजमा रहेका ५९ शवमध्ये ९ वटा जलाईसकेको छ । सामान्यः विश्वमै बेवारिसे वश जलाइँदैन । स्ता शव गाडेर व्यवस्थापन गरिन्छ । बर्षौैपछि पनि परिवार तथा आफन्त खोज्न आउने भएकाले शव गाड्ने गरिन्छ । यो अवस्थामा गाडेको ठाउँबाट निकालेर शवको अस्थिरपञ्जर दिने गरिन्छ ।

तर, महाराजगन्जस्थित फरेन्सिक मेडिसिन विभागले गाड्ने जग्गाकै अभाव भएपछि शव जलाउन सुरु गरेको हो । ४४ बर्षदेखि विभागअगडिको खाली १० आना जग्गामा खातमाथि खात लगाएर बेवारिसे शव गाडिँदै आएको थियो तर, अब उक्त जग्गामा पनि भवन बन्न लागेको र सरकारले गाड्ने नयाँ जग्गा पनि व्यवस्थापन नगरिदिएकाले पछिल्लो केही महिनायता फ्रिजमा राखिएका शव जलाउन थालिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख ५, २०८१