कुसुम क्षेत्रमा दशैं अगावै विजुली बाल्ने/खुशीयाली बेलामा पनि पत्रकारमाथि पक्षपात

नेपालगन्ज, २९ भदौं – ६ वर्षदेखिको लामो कुराईपछि बाँकेको कुसुम क्षेत्रका स्थानियले दशैं अगावै विजुली बाल्न पाउने भएका छन् ।

६ वर्ष अघि टेण्डन आव्हान भई ठेकेदार कम्पनी र विद्युत कार्यालयका प्रमुखहरुसँग तालमेल नमिल्दा अन्धकारमा बस्न बाध्य भएका बाँकेको कुसुम क्षेत्रका बासिन्दाहरु अब दशैं अगावै विजुली बाल्ने करिब करिब पक्का जस्तै भएको छ ।

नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालयका प्रमुख एवम् निर्देशक मनोज कुमार सिंहको सक्रियतामा कुसुम क्षेत्रमा विजुली बाल्नको तयारी करिब करिब पुरा भएको छ ।

प्राधिकरण अहिलेको लागि १०० हर्षपावरको ९ वटा ट्रान्सफर जडान कार्यलाई तिब्र बनाउँदै छिट्टै नै विजुली सप्लाई दिने भएको बताएको छ । अहिलेको लागि कुसुम क्षेत्रका करिब २ हजार बढीले विजुली बाल्ने भएको स्थानियले बताएका छन् ।
प्राधिकरणको ९० प्रतिशत र सहकारी उपभोक्ता समितिको १० प्रतिशतमा निर्देशक सिंहको पहलमा अन्धकारमय कुसुम क्षेत्र अब झल्लमल्ल हुने भएकोमा स्थानियहरु पनि खुशी देखिएका छन् ।

कुसुम क्षेत्रमा विजुली बाल्नको लागि लामो समयसम्म प्रयासरत रहेको बताउँदै बाँके क्षेत्र नं. १ की विधायक नमुना केसीले निकै दौडधुप पश्चात यो कार्य सफल हुन लागेको बताउनु भयो ।

उहाँले हाम्रो समाचारदातासँग कुराकानी गर्दै भन्नुभयो–‘मैले आफ्नो स्थानबाट गर्ने प्रयास निकै गरे तर प्राधिकरणमा सिंह सर जस्तो प्रमुख पाएको कारण नै यो कार्य सफल हुन गएको हो । दशैं अगावै कुसुम क्षेत्रमा विजुली बल्छ ।’

उहाँले खुशी हुँदै अगाडी भन्नुभयो–‘हामीले सिंह सर जस्तो भोलिका दिनमा प्रमुख नपाउन पनि सक्छौं । बाँके क्षेत्रको विद्युतीय समस्या समाधान नहुँदासम्म उहाँलाई कुनै पनि हालतमा सरुवा गराई जान दिँदैनौं । बरु यसको लागि माथिल्लो निकायमा दबावमूलक अनुरोध गर्नेछौं ।’

विजुली बाल्ने करिब–करिब निश्चित भएपछि शुक्रबार विधायक, निर्देशक लगायतको एक टोली निरिक्षण गर्ने क्रममा पुर्व आयोजित अन्तरक्रिया कार्यक्रममा अधिकांश स्थानियले विजुली बालिने कुरामा आशंका व्यक्त गर्दै आक्रोश समेत पोखेका थिए ।

विजुली बाल्नको लागि तार तानिसकेको, ट्रान्सफरमर जडान गर्ने कार्य करिब–करिब अन्त्य भई सकेको बताउँदै प्राधिकरणका क्षेत्रीय निर्देशक सिंहले आक्रोशित स्थानियलाई दशैं अगावै कुनै पनि हातलमा कुसुम क्षेत्रमा विजुली बल्ने प्रतिबद्धता जनाएपछि आक्रोशित स्थानियबीच खुशी छाएको छ ।

विजुली बल्ने भएपनि खुशीयाली क्षणमा गरिएको अन्तरक्रिया कार्यक्रममा सबै राजनीतिक दलसँग आवद्ध व्यक्ति विशेषको सहभागिता थियो भने उक्त अन्तरक्रिया कार्यक्रमको लागि सुनियोजित ढंगबाट काँग्रेस आवद्ध प्रेस युनियन लगायत स्वतन्त्र रुपमा पत्रकारिता गर्नेलाई पन्छाई आफु निकट केही पत्रकारलाई गाडी रिजर्व गरी बोलाइएको थियो ।

पत्रकार भनी बढी रुचाउने काठ व्यवसायीको उपस्थिती रहनुको साथै अन्य राजनीतिक दलसँग आवद्ध पत्रकारलाई पन्छाउनुको कारण एकतर्फी रुपमा सुनियोजित तरिकाको अन्तरक्रिया कार्यक्रम गरिएको जस्तै देखिएको थियो ।

शुक्रबार, भदौ २९, २०७५ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री