छोरालाई रेस्टुरेन्टमा छाडेर आमाले त्रिशूलीमा हामफालिन्

चितवन ।  त्रिशूलीमा हामफालेर एक महिला बेपत्ता भएकी छन्।  बेपत्ता हुनेमा सिन्धुली दुधौली नगरपालिका–२ भुलवाही घर भई काठमाडौं बस्दै आएकी २७ वर्षीया दीक्षा बराल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए। इच्छाकामना गाँउपालिका–४ केबुलकार स्टेसन नजिकबाट बराल त्रिशूलीमा हाम फालेकी हुन्। तीन वर्षीय छोरा हार्दिक पौडेललाई केबुलकार रेस्टुरेन्टमा छाडेर त्रिशूलीमा हाम फालेको जनाएको छ।

शुक्रबार, भदौ २९, २०७५ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री