राप्रपा कास्कीको नियमित बैठक सम्पन्न आसन्न पोखरा उद्योग बाणिज्य संघको चुनावमा लोकतान्त्रित गठबन्धनलाई सहयोग गर्ने निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ भाद्र २०७५, शुक्रबार १६:३३

सूर्य बाँस्तोला / पोखरा। राप्रपा कास्कीको नियमित बैठक शुक्रबार सम्पन्न भएको छ । बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकमार्फत आसन्न पोखरा उद्योग बाणिज्य संघको चुनावमा लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्ने निर्णय गर्दै पोखरा उद्योग बाणिज्य संघका सम्पूर्ण राप्रपा समर्थित साथीहरुलाई लोकतान्त्रिक गठबन्धनलाई सघाउन समेत आग्रह गरिएको छ । बैठकले पार्टी संचालनका लागि तथा कार्यकर्ताहरुलाई सहकारी मार्फत विभिन्न आर्थिक कृयाकलापहरुमा सहभागी गराउनको लागि एक सहकारी स्थापना गर्ने निर्णय गरेको छ । बैठकले असिल कुमार शाहीको संयोजकत्वमा पछि सदस्यहरु नियुक्त गर्ने गरी सहकारी स्थापनाको लागि आवश्यक पहल गर्ने उपसमिति समेत निर्माण गरेको छ । बैठकले कार्यालय व्यवस्थापनको लागि नारायण गुरुङको संयोजकत्वमा अफिस व्यवस्थापन उपसमिति समेत गठन गरेको छ । उक्त समितिले उपयुक्त ठाउँमा कार्यालयको लागि उपयुक्त घर छानी कार्यालय संचालन गर्नेछ । साथै विभिन्न मितिमा पार्टीका नेता तथा कार्यकर्ताहरु अस्वस्थ हुनुभएकोले उहाँहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । राप्रपा कास्कीले आउँदो असोज ७ गते आयोजना गरेको वृहत पार्टी सुदृढीकरण कार्यक्रममा अनिवार्य रुपमा सहभागी भइदिनु हुन सम्पूर्ण कार्यकर्ता, शुभेच्छुक तथा आम हिन्दुप्रेमी जनसमुदायहरुलाई आग्रह गरेको छ । बैठकमा केन्द्रीय सदस्यहरु कुल बहादुर गुरुङ कुलु, रोम बहादुर भण्डारी, जयलाल पुन, शिव प्रसाद चालिसे, प्रदेश सचिव बरुणबिक्रम राणा, प्रदेश सदस्य नारायण गुरुङ, क्षेत्रीय अध्यक्ष असिल कुमार शाही, जिल्ला सल्लाहकार मन विर गुरुङ ढासा, जिल्ला उपाध्यक्ष जगत प्रसाद सुवेदी, विद्यार्थी नेता सन्जीव धमला, जिल्ला सदस्यहरु निर्मल गौतम, पूर्णाखर सुनार, विजुली प्रसाद गुरुङ, रमेश त्रिपाठी लगायतले आ–आफ्नो धारणा राखेका थिए । जिल्ला अध्यक्ष डा.महेन्द्र बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहसचिव सूर्य बास्तोलाले गर्नुभएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१