स्वास्थ्यकर्मीको लापरबाहीले बिरामीको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ भाद्र २०७५, शुक्रबार १५:५८

जाजरकोट-  छेडागाड नगरपालिका–५ थलह बजारको एक मेडिकलमा उपचारका लागि गएकी सोही नगरपालिका–१० नल्फुकी पञ्चकला नाथको स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।ज्वरोको उपचारका लागि गएकी आमालाई जयलक्ष्मी मेडिकल हलका तिलकबहादुर बोहराले गलत सुई लगाउँदा मृत्यु भएको छोरा किशोर नाथले बताए।मृतकका आफन्तले बोहोरालाई कारबाही तथा क्षतिपुर्तिको माग गर्दै प्रर्दशनसमेत गरेका छन्।पक्राउ परेका मेडिकल सञ्चालक बोहोरालाई प्रहरीले थप अनुसन्धानका लागि सदरमुकाम खलंगा ल्याउने भएको छ।घटनाको बारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।सुर्खेतस्थित ‘जयलक्ष्मी मेडिको फर्म’को नामबाट बोहराले थलह बजारमा मेडिकल सञ्चालन गर्दै आएका छन्। मेडिकल सञ्चालनका लागि फार्मेसी अध्ययनसहित नेपाल फार्मेसी काउन्सिलबाट प्रमाणपत्र लिनु पर्ने प्रावधान छ। तर, उनले अर्कोको नामबाट २०५४ सालदेखि मेडिकल सञ्चालन गर्दै आएका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०