आगामी बर्खासम्ममा राष्ट्रिय प्रसारण लाइनमा करिब ६ सय ५० मेगावाट बिजुली थप हुुुने

काठमाडौं – आगामी वर्षदेखि बर्खामा मुलुक बिजुलीमा आत्मनिर्भर हुने भएको छ।आगामी बर्खासम्ममा राष्ट्रिय प्रसारण लाइनमा करिब ६ सय ५० मेगावाट बिजुली थप हुुुने भएकाले मुलुक आत्मनिर्भरको स्थितिमा पुग्ने भएको हो । अहिले बर्खाको समयमा बिजुली नपुगेर करिब तीन सय मेगावाट भारतबाट आयात भइरहेको छ । अर्को बर्खायामसम्म थप ६ सय ५० मेगावाट बिजुली थपिने छ ।  बर्खासम्म प्राधिकरण मातहतको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी र निजी क्षेत्रका निर्माणाधीन आयोजनाबाट दुई सय मेगावाटभन्दा बढी बिजुली थपिने छ ।अर्को बर्खासम्ममा भारतबाट बिजुली नल्याउँदा पनि स्वदेशकै बिजुलीले पुग्छ ।  हिउँदमा भने अझै ८–९ वर्ष बिजुली नपुग्ने देखिन्छ । हिउँदमा सन् २०२६÷०२७ सम्ममा मात्र आत्मनिर्भर हुने अनुमान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको भदौ २ गतेसम्मको तथ्यांक अनुसार विभिन्न आयोजनाबाट एक हजार २० मेगावाट बिजुली उत्पादन भइरहेको छ । निजी क्षेत्रका आयोजनाबाट ५ सय १३ मेगावाट र प्राधिकरण मातहतका आयोजनाबाट ५ सय ७ मेगावाट बिजुली उत्पादन हुँदै आएको छ ।  सरकारले २०४९ देखि निजी क्षेत्रलाई जलविद्युत् आयोजना निर्माणका लागि अनुमति दिन थालेको हो । सरकारले विद्युत् ऐन, २०४९ तथा जलविद्युत्सम्बन्धी अन्य नीति र आवधिक योजना समेतबाट जलविद्युत् उत्पादन तथा वितरणमा निजी क्षेत्र र समुदायलाई संलग्न गराउँदै आएको छ । निजी क्षेत्रका प्रवद्र्धकले साना तथा मझौला खालका आयोजना निर्माण गर्दै आएका छन्।साना तथा मझौला खालका जलविद्युत् आयोजना निर्माण गर्न तीनदेखि पाँच वर्ष लाग्ने गरेको छ । खासगरी, २०६२/०६३ को जनआन्दोलनपछि आयोजना निर्माणले गति लिएको छ । त्यसैको परिणामस्वरुप अहिले थुपैै्र जलविद्युत् आयोजना निर्माण सम्पन्न भएका हुन्।१९६८ मा बेलायतको सहयोगमा नेपालमा पहिलोपटक पाँच सय किलोवाटकोे फर्पिङ जलविद्युत आयोजना निर्माण भएको थियो । त्यसपछि अन्य साना तथा मझौला जलविद्युत् आयोजना निर्माण भए।

शुक्रबार, भदौ २९, २०७५ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री