सर्लाहीको दुईवटा सामुदायिक वनमा मौरी चरनका लागि चिउरीका बिरुवा रोपियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ भाद्र २०७५, शुक्रबार १२:५१

सर्लाही – जिल्लास्थित दुईवटा सामुदायिक वनमा मौरी चरनका लागि चिउरीका बिरुवा रोप्न सुरु गरिएको छ। हरिवन नगरपालिका–८ अन्तर्गत प्रगतिशिल महिला सामुदायिक वन तथा वडा नं. ९ स्थित विष्णुपुर महिला सामुदायिक वन क्षेत्रमा बिहीबारदेखि चिउरी वृक्षारोपण सुरु गरिएको हो।हरिवन नगरपालिकाको सहयोगमा दुईवटा सामुदायिक वन क्षेत्रमा पाँच हजार चिउरीका बिरुवा रोपिने आयोजक सर्वांगिण विकास नेपाल काठमाडौंले जनाएको छ ।विष्णुपुर महिला सामुदायिक वन क्षेत्रमा भएको वृक्षरोपणमा वन तथा वातावरण क्षेत्रमा क्रियाशिल विभिन्न व्यक्तित्वको उपस्थिति रहेको थियो।संस्थाको जीविकोपार्जनका लागि मौरीपालन कार्यक्रमको चरन क्षेत्र विस्तार तथा प्राविधिक क्षमता अभिवृद्धि परियोजनाअन्तर्गत वृक्षारोपण गरिएको सर्वांगिण विकास नेपालले जनाएको छ । चिउरीको फूलबाट मौरीले प्रसस्त मह उत्पादन गर्न सक्ने र मौरीपालनका लागि अति राम्रो स्रोत मानिने तथा दाना एवं घिउबाट समेत राम्रो आम्दानी गर्न सकिने भएकाले साना कृषकको आर्थिक अवस्थामा टेवा पु-याउने उद्देश्यले मौरिपालन व्यवसाय सुरु भएको दुइटै महिला सामुदायिक वन क्षेत्रमा वृक्षरोपण गरिएको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०