एनएमबि बैंकले सुविधासम्पन्न ब्लु क्रस अस्पतालसँग विभिन्न सेवा, सुविधामा छुटसम्बन्धी सम्झौता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ भाद्र २०७५, शुक्रबार १२:३७

काठमाडौं – एनएमबि बैंकले सुविधासम्पन्न ब्लु क्रस अस्पतालसँग विभिन्न सेवा, सुविधामा छुटसम्बन्धी सम्झौता गरेको छ । उच्चस्तरको प्रविधि र उपकरण जडित उक्त अस्पतालमा अनुभवी डाक्टरबाट विभिन्न खाले रोगका उपचार हुने गरेको छ।सम्झौता अनुसार एनएमबि बैंकको भिसा डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्लाटिनम कार्ड प्रयोग गरी अस्पतालमा उपलब्ध सेवाहरु– इन हाउस प्याथोलोजी, अल्ट्रासाउन्ड, सिटी स्क्यान, एक्स–रे लगायतमा छुट लिन पाइने छ। सम्झौतापत्रमा एनएमबिका चिफ बिजनेस अफिसर सुदेश उपाध्याय र ब्लु क्रस अस्पतालका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१