छोरीसँग बिहे गर्नेलाई १८ अर्ब दाइजो घोषणा?(पूरा पढ्नुहोला)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ भाद्र २०७५, शुक्रबार १२:१०

यदि तपाइँ पनि बिहे गर्ने मन बनाइरहनुभएको छ भने यो समाचार एकपटक पढ्नुभयो भने थकथकी लाग्नसक्छ । साँच्ची यो खबर अनुसार यहाँ एकैचोटी दुलहीको पति मात्र होइन अर्बपति समेत हुने मौका छ ।वास्तवमा एकजना अर्बपतिले आफ्नी छोरीसँग बिहे गर्ने ज्वाइँलाई १८ अर्ब नगद दाइजो दिने घोषणा गरेका छन् ।

चिनिया अर्बपति व्यापारी सेसिल चाओ जे सुंगले यस्तो घोषणा गरेका हुन् । उनले आफ्नी समलिंगी छोरीलाई बिहे गरेर अन्माइदिन मोटो रकम दाइजोको प्रस्ताव गरेका हुन् । उनकी छोरी गिगी लेस्बियन छिन् । उनी पछिल्लो ९ वर्षदेखि आफ्नो एक लेस्बियन साथीसँग बस्दै आएकी छिन् । उनलाई बिहे गर्ने कोहीपनि केटा तयार भएका छैनन् ।

त्यसैका कारणले अर्बपति पिताले छोरीको बिहे गरिदिन यस्तो मोटो रकमको जुक्ति निकालेका हुन् ।दाइजोको लोभ देखाएर छोरी बिहे गरिदिने यो उनको दोश्रो प्रयास हो । यसपटक उनले अफरको रकम निकै बढाएका छन् । यो भन्दा पहिले सन् २०१२ मा गिगीको विवाहका लागि उनले छोरीसँग बिहे गर्नेलाई झण्डै ७ अर्ब रुपैयाँको प्रस्ताव गरेका थिए ।

मोटो रकम पाउनका लागि अर्बपतिकी छोरीसँग बिहे गर्न २० हजार युवकहरुले दरखास्त हालेका भएपनि कोहीपनि सफल भएनन् । यो पटक दाइजो रकम दोब्बर पारेपछि लेस्बियन छोरीको पक्कै बिहे हुने सेसिलको विश्वास छ । उनले सोसल मिडियामार्फत पनि यो कुराको खुब प्रचार गरेका छन् । आफुले छोरी बिहे गर्ने भन्दै धेरै युवाहरुले उनीसँग सम्पर्क राखिरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१