टाटा मोटर्सको पहिलो विद्युतीय कार टिगोर इलेक्ट्रिक बजारमा

सिप्रदी ट्रेडिङले टिगोर इभीलाई नाडा अटो शोमा प्रदर्शन गरेको छ । यो टाटा मोटर्सको पहिलो विद्युतीय कार हो । यसको बुकिङ भने लिइएको छैन । टिगोर ईभीका लागि इलेक्टि्रक ईभीले इलेक्ट्रिक क ड्राइभ सिस्टम विकास गरेको हो । यो कारले अधिकतम् पावरका साथ ३० किलोवाटको इलेक्ट्रीक मोटरमार्फत ४५ सय आरएमपी उत्पादन गर्छ । यसमा ५ जना यात्रुले आरामसँग यात्रा गर्न सक्छन् । यसमा सिंगल स्पीड अटोमेटिक ट्रान्समिसन सिस्टम छ । यसको ग्राउड क्लेयरेन्स १७० एमएम छ । यसमा उच्चस्तरी सस्पेन्सन सिस्टम छ । २१६ एएचतको ब्याटि्र छ । यो ७२ भोल्टको ब्याटि्र हो । सामान्यतया ३६० मिनेटमा चार्ज हुने यो कार ९० मिनेटमै पनि फास्ट चार्ज गर्न सकिन्छ ।

बिहिबार, भदौ २८, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री