वर्षासँगै जिल्ला अस्पताल बैतडीमा बिरामीको चाप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ भाद्र २०७५, बिहीबार १६:३८

बैतडी – वर्षासँगै जिल्ला अस्पताल बैतडीमा बिरामीको चाप बढन थालेको छ। दैनिक रुपमा एक सयदेखी डेढ सयको हाराहारीमा बिरामी आउने गरेको अस्पतालले जनाएको छ। मौसम परिवर्तन, दुषित पानीका कारण पखाला र भाइरल ज्वरोका बिरामी बढन थालेका हुन्। बिरामीको चाप दैनिक बढे पनि महामारीको रुप नलिएको जिल्ला अस्पतालले जनाएको छ। डा.बिष्टले भने ‘समान्य किसिमका बिरामीको चाप बढी छ, २÷४ दिनको उपचारपछि बिरामी निको हुने गरेका छन्।’जिल्लाका सबै स्वास्थ्य संस्थामा भाइरल ज्वरो र अन्य बिरामीको चाप बढन थालेको हो। फोहर पानीका कारण अधिकांशमा पखाला र भाइरलको प्रकोप देखिएको हो। बर्खामा अन्यत्र भएको फोहरमैला पानीका मुहानमा मिसिने गरेको छ जसको कारण बिरामीको संख्या बढने गरेको अस्पताल स्रोतले जनाएको छ।बर्खायामसँगै भाइरलको समस्या देखिने गरेको छ। हरेक वर्ष यो सिजनमा भाइरल ज्वरो र रुघाखोकीका बिरामीको चाप बढने गरेको छ। भाइरलले संक्रमण गरेपछि सुरुमा हल्का ज्वरो आउने पछि बिस्तारै च्याप्दै जाने र रुघाखोकी पनि सँगसँगै देखिने जस्ता लक्षण देखा परेको स्वास्थ्यकर्मी बताउँछन्।सामान्य रुघाखोकीलेले निमोनिया हुने, निमोनिया बिग्रेर छातीमा संक्रमण हुनेदखि दम जस्ता दिर्घरोगसम्मकै अवस्था पुग्न सक्ने खतरा भएकाले बेलैमा स्वास्थ्य संस्थामा उपचार गराउन स्वास्थ्यकर्मीले सल्लाह दिएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१