डोल्पाको रंग गाउँमा बजारको अभावमा स्याउ कोल्डस्टोर मै कुहिन थालेपछि कृषक चिन्तित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ भाद्र २०७५, बिहीबार १६:२६

डोल्पा- स्याउ राजधानीको रुपमा चिनिने डोल्पाको रंगगाउँमा यतिखेर जो कोही पाहुना गाउँमा आउँछन उनीहरूलाई सत्कार स्वरुप टन्न स्याउ खान दिएर, फर्कदा स्याउ उपहार सहित पठाउने गर्छन रंगका स्याउ कृषक।यो वर्ष बिगतको तुलनामा धेरै स्याउ फलेको डोल्पाको रंग गाउँमा बजारको अभावमा स्याउ कोल्डस्टोर मै कुहिन थालेपछि कृषक चिन्तित बनेका छन्। त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत पर्ने रंग गाउँका कृषकको फारममा फलेको स्याउ नेपालकै स्वादिष्ट र गुणस्तरीय मानिन्छ।डोल्पामा विशेषगरी ठुलीभेरी नगरपालिका अन्तर्गत जुफाल, लोचा, ितप्ला र त्रिपुरासुन्दरी नगरपालिकाका रंग, जीउमा स्याउको ब्यवसायीक खेती गरिदै आएको भएपनि यातायातको अभावमा स्याउ किसानले बजार नपाउँदा राम्रो मुल्य पाउन सकेका छैनन्। सडक यातायातको पहुँच नपुगेको डोल्पामा रंग गाउँमा फलेको स्याउ छिमेकी जिल्ला रुकुम जाजरकोट र सल्यानबाट ब्यापारी फारमै पुगेर प्रतिकेजी २० देखि २५ रुपैयाँ सम्ममा खरिद गरेर लैजाने गरेकोमा यो वर्षको लगातारको वर्षाले रंग गाउँमा आउने छोटो दुरीको बाटोमा पर्ने फोई नजिक भेरी नदीमाथिको झोलुङ्गे पुल भत्केपछि औलेल अर्थात रुकुम जाजरकोट र सल्यानका ब्यापारी नआउने भएपछि स्याउ कोल्डस्टोर मै कुहिने भएको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१