लोरिसलाई सवारी चलाउन प्रतिबन्ध र ६५ हजार जरिवाना !

लण्डन । विश्वकप विजेता फ्रान्सेली टोलीका क्याप्टेन तथा गोलरक्षक हुयगो लोरिसले जेल सजाय भोग्न अस्वीकार गरेका छन् । लण्डनको मध्य भागमा बुधबार मादक पदार्थ सेवन गरेर सवारी चलाएको भेटिएपछि उहाँलाई जेल सजाय तोकिएकोमा अस्वीकार गरेका हुन् । लोरिसले जेल सजाय अस्वीकार गरे पनि २० महिना सवारी सञ्चालनमा प्रतिबन्ध र ६५ हजार डलर जरिवानाका लागि भने सहमत भएका छन् ।  उपाधि प्राप्त गरेको करिब २ महिनामा उनी लण्डनको मध्य भागमा पक्राउ परेका थिए । उनले बुधबार अदालतमा क्षमा याचना गरेका छन् ।  लोरिसलाई फ्रान्समा अत्यधिक सम्मान गरिन्छ भने, उनी अहिले विश्वकै सर्वाधिक लोकप्रिय व्यक्ति मानिन्छन् ।

बिहिबार, भदौ २८, २०७५ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री