थ्रेडिङ गरेपछि नगरौं यी गल्ती

महिलाको निम्ति अनिवार्य जस्तै हो, थ्रेडिङ । थ्रेडिङ अर्थात शरीरका अनावश्यक रौं उखेल्ने काम। हात, पाखुरा लगायतका रौंदेखि आँखी भौं आसपासका रौं उखेल्न महिलाहरु महिनामा दुई पटकसम्म पार्लर धाउने गर्छन् । कतिले घरमै पनि थ्रेडिङ गर्छन्। तर थ्रेडिङपछि हुने दुखाई र खटिराबाट छुट्कारा पाउनका लागि आम युवतीहरुले केही गल्ति गर्छन्। यसबाट पछि उनीहरुले विभिन्न समस्या भोग्नुपर्ने हुन्छ।

घाममा ननिस्किने-

थ्रेडिङ गराएलगत्तै घाममा निस्किनु हुँदैन । घाममा निस्किँदा विभिन्न समस्या हुन सक्छ। जब हामी शरीरको कुनै हिस्साको रौं निकाल्छौं, त्यो स्थान पूर्णरुपमा संवेदनशील हुन्छ । त्यसैले तपाईं यो समस्याबाट बच्नका लागि घाममा निस्किनबाट जोगिनुपर्छ।

मेकअप नगर्ने-

प्राय महिलाहरुले गर्ने गल्ति यही हो । कुनै पार्टीमा जानुपर्ने छ भने हतार-हतार थ्रेडिङ गराएर तुरुन्त मेकअप गर्न थाल्छन् । यो विल्कुल गलत हो। यसले छालामा समस्या आउन सक्छ । त्यसैले थ्रेडिङ गराएको २४ घन्टापछि मात्रै मेकअप गर्नुपर्छ ।

औंला नलगाउने-

थै्रडिङ गरेपछि महिलाहरुले गर्ने अर्को गल्ति के हो भने उनीहरु त्यो स्थानमा बारम्बार टच गरिरहन्छन्। यसो गर्नु निकै हानीकारक हुन सक्छ। यदि थ्रेडिङ गरिएको स्थानमा लगातार टच गरियो भने इन्फेक्सन हुने, चिलाउने वा ब्रेकआउट हुने समस्या हुनसक्छ।

चिलाउने-

थ्रेडिङ गरेपछि महिलाहरु त्यो स्थानमा कन्याउन थाल्छन् । यसो गर्नु झन् खतरनाक हुन्छ । यदि चिलायो भने पनि सकभर कन्याउनु हुँदैन।यदि असैह्य हुने गरी चिलायो भने कन्याउनुको साटो मसाज गर्नुपर्छ । आफ्नो अनुहारलाई चिसो पानीले धुनुस र गुलाब जलमा एलोबेरा मिसाएर यसमा मसाज गरौं । यसो गर्दा सर्प पनि मर्छ र लठ्ठी पनि भाँचिदैन ।

मोइस्चराइजरले मसाज गर्ने-

केही महिला थ्रेडिङ गरि।सकेपछि आफ्नो आँखिभौंलाई यत्तिकै छाडिदिन्छन् । यसबाट आखिभौंमा रुखोपना उत्पन्न हुन्छ। यसले गर्दा चिलाउने वा पोल्ने हुन सक्छ । यसबाट बच्नका लागि मोइस्चराइजरले मसाज गर्नु आवश्यक छ । यसले तपाईंको आँखिभौंलाई थप राम्रो बनाउँछ।

बिहिबार, भदौ २८, २०७५ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री