अमेरिकामा शक्तिशाली आँधीबेहरी आउने , आपतकालीन स्थितिको घोषणा

क्यारोलिना । विशेषज्ञहरूको अनुसार अमेरिकाको दक्षिण पूर्वी क्षेत्रमा भयानक आँधीबेहरी आउने अनुमान गरिएको छ ।आज बिहीबार बेलुका साँझ वा शुक्रबार बिहानसम्ममा फ्लोरेन्स नामक खतरनाक विशाल आँधीबेहरी आउने अनुमान गरिएको हो ।अब आउने अनुमान गरिएको आँधीबेहरी दुई दशकपछि आउने शक्तिशाली आँधीबेहरी हो । फ्लोरेन्स नामक खतरनाक विशाल आँधी क्याटागोरी –४ र सोभन्दा पनि माथि पुग्नसक्ने र २१५ किमी प्रतिघन्टाको गतिले आउने यो तुफानले बिजुलीका खम्बा लडाउने छ, तार छिन्नभिन्न बनाउने अनुमान गरिएको छ । सो आँधी आउने भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन राज्यमा आपतकालीन स्थितिको घोषणा गर्नुका साथै सामुद्रिक तटीय क्षेत्रमा बसोबास गर्ने करिब १७ लाख मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाइएको छ ।अमेरिकाका नर्थ क्यारोलिना, साउथ क्यारोलिना र भर्जिनियामा सङ्कटकालको घोषण गरेका हुन् ।फ्लोरेन्स नामक खतरनाक विशाल आँधील धेरै धन जनको विनाश व्यापक असर पर्ने अनुमान गरिएको छ ।

बिहिबार, भदौ २८, २०७५ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री