काठमाडौंका यी स्थानमा निःशुल्क वाइफाइ, दिनको ३० मिनेटमात्र चलाउन पाइने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ भाद्र २०७५, मंगलवार १४:४९

काठमाडौंः  काठमाडौं महानगरपालिकाले आइतबारदेखि हनुमानढोका, पशुपतिनाथ, स्वयम्भू, बौद्ध, बालाजु बाइसधारा उद्यान र शंखपार्कमा फ्रि वाईफाई सेवा शुरु गरेको छ।  वर्ल्डलिंकको साझेदारीमा शुभारम्भ गरिएको सो सेवाको एक कार्यक्रमबीच उद्घाटन गर्दै काठमाडौं महानगरपालिकका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकाको घोषित नीति अनुसार काठमाडौंको मुख्य ६ स्थानहरुमा फ्रि वाईफाई सेवा संचालनमा ल्याइएको स्पष्ट पारे।  सेवालाई शुभारम्भ गर्न काठमाडौँ महानगरपालिका र वर्ल्डलिंकबीच गत चैत १८ गते नै सम्झदारी भएको थियो। यसबीचमा परिक्षण गरेपछि मात्रै सो सेवाको औपचारिक उद्घाटन गरिएको  पनि मेयर शाक्यले जानकारी दिए। सेवा जडान भएका क्षेत्रमा स्मार्ट फोन प्रयोगकर्ता पुगेपछि फ्री वाइफाइ कनेक्ट गर्नुपर्छ। कनेक्ट भएपछि एउटा पेज खुल्छ। पेजमा प्रयोगकर्ताले नाम र मोवाइल नम्बर भर्नु पर्छ।

यसरी विवरण भरिसकेपछि सिस्टमले मोबाइलमा एउटा कोड पठाउँछ। त्यो कोड भरिसकेपछि वाइफाइ चलाउन सकिन्छ। सेवामा सबैको पहुँच पुगोस् र दुरुपयोग नहोस् भन्नका लागि प्रयोगकर्तालाई एक पटकमा ३० मिनेट समय दिइनेछ। ३० मिनेट पुगेपछि सिस्टमले उसलाई त्यसदिनका लागि कनेक्सन हुनबाट रोक्नेछ। तर उसका लागि अर्को एक्सेस प्वाइन्ट भने खुल्ला नै रहनेछ। महानगरको सूचना प्रविधि शाखा प्रमुख राम सापकोटाका अनुसार, एक जनाप्रयोगकर्ताले एकै दिनमा एउटै डिभाइस (फोन वा ल्यापटप) बाट सेवा लिँदा दोस्रो पटकदेखि इमेल ठेगानासमेत उपलब्ध गराउनु पर्नेछ। सुरक्षाका लागि यसो गरिएको हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०