राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाई आयोजना अन्र्तगत लम्की शाखा नहर विस्तारको काम ठप्प

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ भाद्र २०७५, मंगलवार १०:३६

टीकापुर – राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाई आयोजना अन्र्तगत लम्की शाखा नहर विस्तारको काम ठप्प भएको छ। इलाका वन कार्यालय लम्कीले नहर निर्माणका क्रममा काटिएका रुखको जरा उखेल्ने कार्य रोकेपछि काम ठप्प भएको हो।आयोजनाले वन विभागको स्विकृतीमा नहर निर्माणको ठेक्का पाएको कालिका कुमार जेभीलाई २०७४ चैत ८ गते डुँडेझारीदेखी लम्कीसम्मको ६ किलोमिटरमा २ हजार ६८८ रुख काट्न आदेश दिएको थियो। उसले २०७५ असार १० गते भित्र सबै रुख काटेर सम्बन्धित ठाउँमा घाटगद्दी समेत गरिसकेको जनाएको छ रुख काटेसँगै निर्माण पक्षले २०७५ भदौ १३ गतेदेखी जरा उखेल्ने काम सुरु गरेको थियो। निर्माण कम्पनीले आयोजनाको पश्चिमतर्फ डुँडेझारीदेखी पथरीया नदीसम्म १४ किलोमिटर ७०० मिटर नहर निर्माणको ठेक्का पाएको छ। २०७५ असार ३१ गते भित्रै निर्माण सम्पन्न गर्ने गरी कम्पनीले सिँचाई आयोजनासँग २०७३ साउन २३ गते सम्झौता गरेको थियो। नहर निर्माणको लागत मूल्य अभिवृद्धी कर सहित १ अर्ब ७१ करोड ७९ लाख १५ हजार ४५३ रुपैयाँ रहेको छ।यसअघि नहर क्षेत्रमा पर्ने रुख काट्ने आदेशमा समेत दुई वर्ष ढिलाई भएको थियो। ठेक्का सम्झौता भएको केही समयमै रुख काट्ने आदेश पाउनुपर्नेमा ढिलाई भएका कारण नहर निर्माणको काम सम्पन्न हुने मिति बितिसक्दा समेत अन्यौलमा छ। गत आवसम्म नहर निर्माणको काम भौतिक रुपमा २० प्रतिशत मात्रै सम्पन्न भएको निर्माण कम्पनीका कार्यक्रम प्रबन्धक पौडेलले बताए।कैलालीको पूर्वी क्षेत्रको ४० हजार हेक्टर भूभागमा सिँचाई सुविधा पु-याउने उद्देश्यले सिँचाई आयोजना निर्माण सुरु भएको हो। नेपाल सरकार, विश्व बैंक र स्थानीयको लगानीमा आयोजना निर्माण भइरहेको छ। करिव १२ अर्बको आयोजनामा सात अर्ब नेपाल सरकार, पाँच अर्ब विश्व बैंक र १० करोड बराबरको स्थानीयको जनश्रमदान रहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१