पेट्रोल र डिजेलमा भएको मूल्यवृद्धिको विरोधमा आज भारत बन्द

दिल्ली:  भारतीय राष्ट्रिय कांग्रेसले पेट्रोल र डिजेलमा भएको मूल्यवृद्धिको विरोधमा आज भारत बन्द को आह्वान गरेको छ।  बिहिवार पेट्रोलमा प्रति लिटर १२ पैसा भारु र डिजेलमा १० पैसा भारु लिटर बृद्धि गरिएको थियो। भारतको धेरै राज्यहरुमा पेट्रोलियम पदार्थको मूल्य ८० भन्दा माथि पुगेको छ।  बन्दको समर्थनमा आयोजित कार्यक्रममा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी, पूर्व अध्यक्ष सोनिया गान्धी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह लगायतका वरिष्ठ नेताहरु सहभागी भएका थिए। मनमोहन सिंहले मोदी सरकार कार्यक्रममा सम्बोधन गर्दै मोदी सरकारले राष्ट्रहितको काम नगरेको र चाँडै ने यो सरकारलार्इ परिवर्तन गर्नुपर्ने बताएका छन्। कांग्रेसका महासचिव शकिल अहमदले भारत सरकारले बारम्बार जनताको दैनिकीमा असर पर्ने गरी मूल्य बढाएको भन्दै बन्द आह्वान गरेको छ।

जनताबाट पूर्ण समर्थन मिल्नेमा उनले विश्वास व्यक्त गरेका छन्। कांग्रेसको सरकार हुँदा भन्दा अहिले पेट्रोलियम पदार्थको कम भएपनि मोदी सरकारले यसमा १६ लाख करोड भन्दा बढी कर लगाएकोमा कांग्रेसले यसको विरोध गरेको अहमदले बताए।बन्दको समर्थनमा कांग्रेसका कार्यकर्ताहरुले मुम्बर्इका रेलवे स्टेशनहरुमा आन्दोलन गरेको  छ। बन्दका कारण भारतभर चल्ने धेरै रेलहरु आज बन्द गरिएको अधिकारीहरुले जनाएका छ।

सोमवार, भदौ २५, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री