व्रत बस्दा के खाने, के नखाने ?ध्यान दिनुपर्ने कुरा

काठमाडौं । धार्मिक मात्रै हैन शारीरिक र मानसिक स्वास्थ्यका लागि समेत व्रत बस्नु लाभदायक मानिन्छ ।  बिशेष पर्व या परम्परा अनुसार मात्रै नभएर हरेक साता एक दिन व्रत बसेर पाचन प्रणालीलाई आराम दिँदा स्वास्थ्यलाई फाइदा पुग्ने जानकारहरुको बुझाई छ । यसमा पनि केहि विधि र प्रक्रिया हुन्छ ।  व्रत फलदायी हुनुका साथै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

के खाने ? 
व्रत बस्दा शरीरलाई पानीको मात्रा अलि वढी नै चाहिने हुदा अन्य दिनको तुलनामा व्रत बसेको दिन वढी मात्रामा पानी पिउने ।व्रत बसेको दिन शरीरलाई चाहिने केही तत्व कम हुने भएकाले सो दिन सकेसम्म शारिरिक श्रम नगर्ने । शरीरमा उर्जा कायम राख्न कागती पानी खाँदा हुन्छ । त्यसमा मिश्री वा मह मिसाएर खाएमा अझ फलदायी हुन्छ । फलफूल र जुस खानु राम्रो मानिन्छ । व्रत बस्दा दुधमा बदाम भिजाएर खाए राम्रो मानिन्छ ।

 के नखाने ? 
व्रतको समयमा चिल्लो–पिरोतीर ध्यान नदिएकै राम्रो । आलु र मैदाको परिकार सकेसम्म कम खाएको राम्रो । यसो भएमा व्रत नबसौं
गर्भवती महिला व्रत नबसे राम्रो । मधुमेह, उच्च रक्तचाप र हाइपरटेन्सन छ भने व्रत नबसेको राम्रो । हालसालै अपरेसन गरेका व्यक्तिहरु पनि व्रत नबसे राम्रो । मुटु, कलेजो, फोक्सो र मृगौलाको जटिल समस्या भएका व्यक्ति व्रत नवस्दा राम्रो हुन्छ ।

सोमवार, भदौ २५, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री