तनुश्रीले नाना पाटेकर माथि यौन दुव्र्यवहार गरेको आरोप

बलिउड अभिनेता नाना पाटेकारलाई धेरैले सम्मान गर्छन् । तर, उनी पनि विवाद मुक्त भने छैनन् । विवाहित र छोराछोरीका बाबु भएर पनि उनले विभिन्न नायिकाहरुसँग अफेयर चलाएका थिए जसमध्ये एक नेपालकी मनिषा कोइराला समेत थिइन् । उनै नाना पाटेकरको विषयमा नायिका तनुश्री दत्ताले नयाँ खुलासा गरेकी छिन् । उनले एउटा फिल्मको सुटिङका क्रममा नानाले आफूमाथि यौन दुव्र्यहार गरेको आरोप लगाइन् ।  नानाले माफी मागेपछि यो घटनालाई गुपचुप राख्ने सहमति दुई पक्षबीच भएको बताइन् । ‘त्यसपछि मैले नानासँग कहिल्यै काम नगर्ने कसम खाएँ,’ उनले भनिन् । तनुश्रीले धेरै फिल्म खेलेकी छैनन् । तर, बारम्बार विवादमा आउने गर्छिन् ।

आइतवार, भदौ २४, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री