सिरियामा हवाई हमला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ भाद्र २०७५, आईतवार १५:५६

सिरिया  । सिरियार रुसले विद्रोही नियन्त्रित उत्तरी प्रान्त इड्लिबमा केही हप्तायताकै सबैभन्दा भीषण हवाई हमला गरेको अधिकारकर्मीहरूले बताएका छन्। उनीहरूका अनुसार इड्लिबका दक्षिणी भागका साथै हामा प्रान्तसँगको सीमावर्ती क्षेत्रलाई निशाना बनाइएको छ। इड्लिब प्रान्त विद्रोही नियन्त्रित अन्तिम महत्त्वपूर्ण क्षेत्र हो र रुसको सहयोगमा सिरियाली सरकारी फौजले त्यहाँ हमला गरेका हुन्। ब्रिटेनमा अवस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स र विपक्षी सम्बद्ध इड्लिब मीडिया सेन्टरले शनिवार बताए अनुसार सरकारी फौजका हेलिकोप्टरहरूले इड्लिब र उत्तरी हामामा १९ वटा ब्यारेल बम खसालेका थिए।

रुसी लडाकु विमानले ६८ वटा हवाई हमला गरेको उनीहरूले बताएका छन्। सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार १० अगष्टयताकै सबैभन्दा हिंसात्मक र भीषण हमलाहरू गरिएका छन्।दक्षिणी इड्लिबमा मात्रै दुईजना बालबालिकासहित नौजना सर्वसाधारणको ज्यान गएको सो संगठनले जनाएको छ। इड्लिब किन महत्त्वपूर्ण छ भन्नुपर्दा सिरियाली सरकारविरुद्ध विगत सात वर्षदेखि लडिरहेका विद्रोही र जिहादीहरूको बलियो पकड भएको त्यो अन्तिम क्षेत्र हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१