शिक्षक,विद्यार्थीलाई यस्तो व्यवहार गर्नुहोस् !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ भाद्र २०७५, आईतवार १४:४२

शिक्षक भनेको विद्यार्थीहरूको महत्वपुर्ण पाटो हो । विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ । बच्चाका बारेमा शिक्षकले धेरै कुरा थाहा पाउनुपर्ने हुन्छ । शिक्षकले जे सिकायो स्कुलमा विद्यार्थीले उही सिक्छन् । त्यसैले स्कुलमा शिक्षकहरूले विद्यार्थीको बानी व्यवहार, खानपान, पढाइ, शारीरिक क्रियाकलाप सबै कुरामा ध्यान दिनुपर्ने हुन्छ । कक्षाकोठामा रहेका सबै बालबालिकाका स्वभाव फरक–फरक हुन्छ । कतिपय विद्यालयमा जान्ने बच्चा र कम क्षमता भएका बच्चालाई शिक्षकले गर्ने व्यवहार फरक हुन्छ ।तर, यो राम्रो होइन । बच्चालाई त्यस्तो गर्दा उनीहरूमा नराम्रो धारणको विकास हुन्छ । यस्तो गर्नुको सट्टा शिक्षकले बच्चामा भएको समस्या पहिचान गरी समस्या समाधानमा सहयोग गर्नुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१