बालविकास केन्द्रकी सहयोगीले विवाह गरेको भन्दै शिक्षिकाबाट बर्खास्त

सिन्धुली – जिल्लाको एक विद्यालयकी शिक्षिकालाई विवाह गरेकै कारण नोकरीबाट निकालिएको छ। फिक्कल गाँउपालिका–३ स्थित कालिका प्राथमिक विद्यालयको बालविकास केन्द्रकी सहयोगी कार्यकर्ता रीमा खत्रीलाई यसरी निकालिएको हो । फिक्कलको खोलागाँउ निवासी रीमाले जिल्लाकै गोलञ्जोर गाँउपालिकाको डुडभन्ज्याङमा विवाह गरेर गएपछि उनलाई विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयले कामबाट हटाएको हो। २०७४ जेठमा विवाह गरेकी रीमालाई विद्यालयले कात्तिकमै बर्खास्त गरिएको पत्र थमाएको थियो। तर, उनले जिल्ला शिक्षा कार्यलयमा हारगुहार गरेर अहिलेसम्म सोही विद्यालयमा काम गरिरहेकी छन्। फेरि अहिले उनको पद रिक्त रहेको भन्दै विद्यालयले विज्ञापन निकालेपछि उनी न्याय खोज्दै अदालत पुगेकी छन्।

विवाह गरेर अर्काे गाउँ गए पनि मैले विद्यालयको पठन पाठनमा कुनै असर पु-याएकी छैन। विवाह भएको दुई दिनदेखि म स्कुलमा पढाउन पुगेकी ,वडा अध्यक्ष र व्यवस्थापन समितिका अध्यक्षले आफ्नो मान्छे नियुक्ति गर्न आफूमाथि प्रपञ्च रचेको उनको आरोप छ। यता विद्यालयले भने रीमाले अन्यत्र विवाह गरेर गएका कारण अध्ययन अध्यापनमा अप्ठेरो भएकाले उनको ठाउँमा स्थानीय विवाहित महिलालाई नियुक्ति गर्न उनलाई हटाइएको दाबी गरेको छ।

आइतवार, भदौ २४, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री