शुभम श्री फाउन्डेसन र बोष्टर मिडियाको संयुक्त आयोजनामा तीजको दरखाने कार्यक्रम बृद्धाश्रममा (फोटो फिचर सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ भाद्र २०७५, आईतवार ०८:३८

काठमाडौँ। शुभम श्री फाउन्डेसन र बोष्टर मिडियाको संयुक्त आयोजनामा  तीजको दरखाने कार्यक्रम एक बृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुसँग मनाएको छ ।
प्यारेन्स केयर होममा  दर  कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ समाजसेवी तथा शिक्षाविद जगन्नाथ देवकोटा,बरिष्ठ पत्रकार मुकुन्द ढुंगाना ,बरिष्ठ समाजसेवी चित्र बहादुर रसाइली , बरिष्ठ समाजसेवी इन्दिरा घले ,बरिष्ठ समाजसेवी राजेश्वोरी श्रेष्ठ ,शिवहरि तिमिल्सिना लाइन्सका ,लियोका पधादिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सो बृद्धाश्रममा रहेका ७ जना  जना जेष्ठ नागरिकहरुसँग खुसियाली साटासाट गरेको शुभम श्री फाउन्डेसन की अध्यक्ष कल्पना शर्माले बताईन् । बुवाको मुख हेर्ने दिन बृद्धाश्रममा रहेका बृद्ध बृद्धाहरुलाई एक्लो महशुस नहोस भन्ने उद्धेश्यले तीजको अवसरमा दरखाने कार्यक्रमका लागि बृद्धाश्रम रोजेको उनले बताईन् । दरका लागि आवश्यक पर्ने खाद्यान्न सामाग्री, लगायतका सम्पूर्ण सामाग्रीहरुका लागि पदाधीकारीहरुले नगद संकलन गरि खरिद गरेको उनले बताईन् ।

कार्यक्रममा बोल्दै बरिष्ठ पत्रकार मुकुन्द ढुंगानाले पर्वको  नाममा हुने विभिन्न भड्किलो तिजलाइ यसरि सामाजिक अभियानमा लागाउने हो भने समाज परिबर्तन गर्न सकिने बताउनुभयो । सो कार्यक्रममा चाडपर्वको नाममा भड्किलो होइन समाजमा राम्रो संदेश जाने गरि परिबर्तन हुनु जरुरि रहेको प्रमुख अतिथि जगन्नाथ देवकोटाले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१