अनेसास तेस्रो मासिक स्रष्टा भेटघाट कार्यक्रम सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ भाद्र २०७१, आईतवार ०७:१४

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले आयोजना गरेको तेस्रो मासिक स्रष्टा भेटघाट कार्यक्रममा “अनेसास गीतमाला” को विमोचन सम्पन्न भयो | “अनेसास गीतमाला” को विमोचन कार्यक्रमका प्रमुख अतिथि वरिष्ट आख्यानकार पुष्कर लोहनी, अनेसासका  केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, महासचिव गोवर्धन पूजा, स्रष्टाहरु छविरमण सिलवाल र मनोज न्योपानेलगायतले संयुक्त रूपमा गर्नु भयो |
brtnepal_20140823073843_IMG_3799
अनेसासका नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कविहरु 
पुष्कर लोहनी, गोवर्धन पूजा, छविरमण सिलवाल, मनोज न्योपाने, घनेन्द्र ओझा, रुपक अलंकार, सुशिला खड्का हसिना, राजेश चोच्छे, प्रदीपरत्न शाक्य, भुवन थापा, द्रोण पराजुली, सञ्जय तामाङ्ग, रोशन यक्सो, रामनाथ घिमिरे, विजय विश्वास, ऋचा, प्रविण भण्डारी, प्रेम ढकल्पुरे, सुदेश सत्याल, भिजन गुरागाईं, कालिकोटे अनिशलगायतले आ आफ्नो कविता वाचन गर्नु भएको थियो |   10628374_10201622577606612_1592073191797249144_n

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१