प्राध्यापकले तालाबन्दी गरेपछि विश्वविद्यालयको पठनपाठन अवरुद्ध

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० भाद्र २०७५, बुधबार १६:४९

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्राध्यापकले तालाबन्दी गरेका छन्। विश्वविद्यालयको मूलद्वारमा मङ्गलबार ताला लगाएपछि नियमित काम अवरुद्ध भएको छ। विश्वविद्यालयले दिएको सम्बन्धन मन्त्रिपरिषद्को बैठकले खारेज गरेपछि दुइटा क्याम्पसले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। अदालतमा चलिरहेको मुद्दालाई सहयोग पुग्ने गरी विश्वविद्यालयका पदाधिकारीले कीर्ते प्रमाण उपलब्ध गराएको आरोप लगाउँदै प्राध्यापकले विश्वविद्यालय बन्द गराएका हुन्।नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन र नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनले संयुक्तरूपमा आन्दोलन गरेका छन्। मन्त्रिपरिषद्बाट भएको सम्बन्धन खारेजीको निर्णयको प्रतिरक्षा गरिनुपर्नेमा निजी क्याम्पसलाई बल पुग्नेगरी प्रमाण उपलब्ध गराएकाले विश्वविद्यालय बन्द गराइएको नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका सचिव शङ्करराज बर्सिलाले बताए। यसअघि भदौ ६ गतेदेखि कृषि सङ्कायको डिनको कार्यकक्षमा प्राध्यापकले तालाबन्दी गरेका थिए। तालाबन्दीपछि पनि केही नभएपछि साङ्केतिक करुपमा विश्वविद्यालय नै बन्द गरिएको आन्दोलनरत प्राध्यापकले जनाएका छन्। विश्वविद्यालयले सातवटा क्याम्पसलाई कृषि र एउटालाई वन विषय अध्यापन गर्न पाउने गरी सम्बन्धन दिने निर्णय गएको असार २१ मा गरेको थियो। विश्वविद्यालयले सम्बन्धन दिने निर्णय गरेपछि त्यसको विरोधमा विद्यार्थी र प्राध्यापकले आन्दोलन गरेका थिए । सम्बन्धनको विरोधमा विश्वविद्यालय २७ दिनसम्म बन्द भयो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१