राज्यलाई गम्भीर हुन आग्रह गर्दै एम्नेष्टि इन्टरनेसनल नेपाल मिडिया ग्रुपले बेपत्ता विरुद्धको दिवस मनायो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ भाद्र २०७५, शुक्रबार ०५:४१

काठमाडौं । ३० अगस्ट अर्थात् बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाएको छ ।

एम्नेष्टि इन्टरनेसनल नेपाल मिडिया ग्रुप द्वारा आयोजित जबरजस्ति बेपता पारिएका बिरुद्द को अन्तराष्टिय दिवसको सन्दर्भमा नेपालमा तत्कालिन राज्य पक्ष र तत्कालिन बिद्रोही पक्ष दुबैबाट नागरिकहरुलाइ बेपता पारिएको बिषयमा कार्यक्रम राखिएको थियो  ।

कार्यक्रममा बोल्दै संयोजक मुकुन्द ढुंगानाले भने सशस्त्र द्वन्द्वपछि शान्ति सम्झौता भएको लामो समय बितिसक्दा पनि राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका मानिस अझै सम्पर्कमा आएका छैनन् ।
बेपत्ता पारिएका व्यक्तिका आफन्त अझै पनि आफ्ना मान्छेहरु आउने आशामा पर्खिरहेका छन् तर यतिका वर्ष बिति सक्दा पनि नआउँदा पीडा थप बढेको छ ।   “युद्धका बेलामा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिका परिवार आफ्ना आफन्त आउने आस अझै छ, हराए, मारिए वा जिउँदै छन्, अहिलेसम्म केही पत्ता नलाग्नु ठूलो पीडा भएको छ । उनका अनुसार बेपत्ता भएका परिवारको बिचल्ली छ । कमाउने छोरारछोरी मारिएपछि राज्यले उनीहरुको संरक्षणको जिम्मा लिनुपर्छ र रोजगारी, शिक्षा, स्वास्थ्यको व्यवस्था गर्नुपर्छ ।
समाजले २०५६ सालदेखि जति सक्दो छिटो बेपत्ता व्यक्तिको सार्वजनिक गर्नुपर्ने, बेपत्ता पारिएका व्यक्तिको योगदानको सम्मान र परिवारको लालनपालन राज्यले गर्नुपर्ने, दोषीलाई यकिन गरी कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गर्दै आइरहेको छ ।
राष्ट्रिय मानवअधिकार आयोगका अनुसार राज्यबाट ८४२ र तत्कालीन माओवादी पक्षबाट १५२ व्यक्ति बेपत्ता पारिएको तथ्याङ्क छ । तर बेपत्ता परिवार समाजको तथ्याङ्कमा भने राज्यद्वारा बेपत्ता पारिएका व्यक्तिको सङ्ख्या एक हजार ९५ छ ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका पूर्व कानुन मन्त्री शेरबहादुर तामांगले  भने, “लामो समयसम्म बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक नहुँदा पीडित परिवारमा थप असर परेको देखिन्छ ।
उनले भने द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिको छानबिनका लागि  आयोग गठन भएको छ तर आयोगले आवश्यक पूर्वाधारको तयार गरे पनि बेपत्ता व्यक्तिको छानबिन सुरु गर्न सकेको छैन ।

तामांगले आक्रोशित हुदै भने म मन्त्री हुदा सबै ड्राफ्ट तयार भैसकेको र पुष्पकमल दाहाल प्रचण्ड ,प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउबालाई जानकारी गराएर यो बिषयमा गम्भीर हुन सुझाब दिइसकेकोले फेरी पनि यसलाई सामाधान नगर्ने हो भने यसको भागिदार ३ जना नै उतिकै हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्व राज्य मन्त्री परशुराम तामांगले राज्य तथा विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोग आफैँमा रुमलिएको र पीडित पक्षको गुनासा सम्बोधन गर्ने गरी आफ्ना क्रियाकलाप अघि बढाउन नसकेको दाबि गरे  ।

उनले भने  राज्यले कम्तिमा बेपत्ता तथा बेपत्ताका परिवारप्रति जिम्मेवार अभिभावकत्व निभाउन सकोस् । भोलीको दिनमा यस्ता क्रियाकलापहरुमा राज्य थप जिम्मेवार बन्नु आवश्यक छ । कार्यक्रमा बोल्दै एम्नेष्टि इन्टरनेसनल नेपालका अध्यक्ष राजन कुइकेल,पूर्व अध्यक्ष सुर्य बहादुर अधिकारि,मानब अधिकार परिषद्का अध्यक्ष तुलसी थापा ,समाजसेवी लोक बहादुर टन्डन,बरिष्ठ पत्रकार टंक पन्त लगाएतले पीडित पक्षको गुनासा सम्बोधन गर्ने गरी आफ्ना क्रियाकलाप अघि बढाउन सरकारलाइ ध्यानआकर्षण समेत गराएका थिए ।

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा यो दिवस प्रत्येक वर्ष ३० अगस्टका दिन मनाउने गरिएको छ । दिवस मनाउने क्रमको सुरुआत सन् १९८१ मा ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिकाबाट भएको हो । गोप्य तवरले थुनामा राख्ने वा बेपत्ता बनाइने कार्य मानवाधिकारको ठाडो उल्लङ्घन हो । अन्तर्राष्ट्रिय रुपमा कार्यरत मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनल, संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तको कार्यालय, रेडक्रस अन्तर्राष्ट्रिय समिति जस्ता संस्थाले यसबारे विश्वव्यापी रुपमा अभियान गरेर सरकार र विद्रोहीलाई दबाब दिइरहेका छन् ।
नेपालमा विगतमा भएको दशवर्षे लामो सशस्त्र द्वन्द्वका क्रममा सुरक्षा फौज र माओवादीबाट ठूलो सङ्ख्यामा नागरिक बेपत्ता पारिएको थियो । विसं २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको ६० दिनभित्र सूचना सार्वजनिक गरी परिवारजनलाई जानकारी गराउने भनी गरिएको प्रतिबद्धता आज १२  वर्ष बित्न लाग्दा पनि पूरा भएको छैन ।

एम्नेष्टि इन्टरनेसनल नेपाल मिडिया ग्रुप द्वारा आयोजित कार्यक्रमको संचालन भवानी पौडेलले गर्नुभएको थियो भने ग्रुपको सल्लाकारमा तुलसी थापा ,नेपाल चाइना विज्ञ दिनेश खनाल ,महिला अधिकारकर्मी कौशिला अधिकारि र सावित्री अधिकारीलाई सल्लाकार सदस्यमा समेत मनोनित गरिएको थियो । कार्यक्रम ग्रिनसिटी हस्पिटलको सातौ तलामा रहेको हलमा सम्पन्न भएको थियो।

फोटो फिचर :

भिडियो हेर्नुस :

https://www.facebook.com/rastriyakhabar/videos/267841330526896/

https://www.facebook.com/rastriyakhabar/videos/254960562017930/

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१