एम्नेष्टि इन्टरनेसनल नेपाल मिडिया ग्रुपले बेपत्ता पारिएका नागरिकहरुको न्यायको लागि अन्तर्राष्ट्रिय दिवस मनाउदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ भाद्र २०७५, बिहीबार ०६:०४

काठमाण्डौं । आज बेपत्ता पारिएकाहरुको अन्तर्राष्ट्रिय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । मानब अधिकारको क्षेत्रमा काम गर्ने एम्नेष्टि इन्टरनेसनल नेपाल मिडिया ग्रुपले बेपत्ता पारिएकाहरुको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा कार्यक्रमको आयोजना गर्न लागेको हो  ।

बेपत्ता पारिएकाहरुको अवस्था सार्वजनिक गर्न माग गर्दै सरकारलाई दवाव दिने उदेश्यका साथ यो दिवस मनाउन लागेको एम्नेष्टि इन्टरनेसनल नेपाल मिडिया ग्रुपका संयोजक मुकुन्द ढुंगानाको भनाई छ ।

१० बर्षे सशस्त्र द्वन्द्वका बेला बेपत्ता भएकाहरु स्थिति सार्वजनिक गर्न माग गर्दै बेपत्ता पारिएकाहरुको परिवार र मानवअधिकारवादी संघ संस्था, प्रतिनिधिहरुको सहभागितामा कार्यक्रम हुने भएको छ  । लामो समयसम्म पनि उनीहरुको अवस्था सार्वजनिक नगरिएको भन्दै परिवारले आक्रोश पोखेका छन् ।

सशस्त्र द्वन्द्वको समयमा तत्कालीन नेकपा माओवादी र सरकारको तर्फबाट एकहजार एकसय ६२ जना नागरिक बेपत्ता भएको राष्ट्रिय मानव अधिकार आयोगले समेत जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१