सर्वाधिक खोजिने १० बलिउड अभिनेत्रीहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ भाद्र २०७५, बिहीबार ०५:३५

एजेन्सी ।  बलिउडमा सर्वाधिक खोजिने १० कलाकारको सूचि तय गरिएको छ ।बलिउड फिल्म इन्डष्ट्रीमा सुन्दर अभिनेत्रीहरु छन् र गुगलमा तिनै चर्चित अभिनेत्रीहरुलाई सर्च गरिन्छ । तर गुगल सर्चको नतीजाले तपाईँको सोचलाई नै माथ खुवाउन सक्छ । कैयौँ नाम चलेका अभिनेत्री भन्दा अन्य अभिनेत्रीहरुले सन् २०१६ मा गुगल सर्चमा सर्वाधिक खोजी गरिनेको सुचीमा आफुलाई दर्ज गरेका छन् । मन्दना करीमी  बिग बोसको एक हिस्सा बनेपछि मन्दना करीमी एकाएक चर्चित भएकी हुन् । जसको कारण कैयौँ चर्चित अभिनेत्रीहरुलाई पछि पार्दै मन्दना गुगल सर्चको चौँथो नंवरमा छिन् । कायरा आडवाणी 

एम एस धोनीको जीवनीमा आधारित फिल्मबाट आफ्नो धमाकेदार प्रस्तुति दिन लागेकी कायरा आडवाणी सन् २०१६ मा गुगलमा सर्वाधिक खोजी गरिनेको ९ नंवरमा परेकी छिन् । वाणी कपुर  सन् २०१६ को बहुचर्चित फिल्म बेफिक्रेमा आफ्नो दमदार प्रस्तुती दिएकी वाणी सर्वाधिक खोजी गरिने अभिनेत्रीको सूचीमा सातौँ नंवरमा परेकी छिन् । उनी बेफिक्रे फिल्ममा बोल्ड अवतारमा देखिएकी थिईन् । सैयामी खेर  मिर्जया फिल्मबाट बलिउडमा करिअर प्रारम्भ गर्न लागेकी सैयामी खेर गुगलमा सर्वाधिक सर्च गर्नेको १० नंवरमा छिन् । आफ्नो सुन्दरताकै कारण कैयौँ चर्चित भारतीय अभिनेत्रीलाई पछि पार्दै सैयामी सन् २०१६ मा गुगलमा सर्वाधिक खोजी गरिनेको १० नंवर सूचीमा परेकी हुन् । नूरा फतेही 

इन्डियन रोअर फिल्मबाट बलिउड करिअरमा पाईला चालेकी नूरा फतेही पेशेवर डान्सर र मोडल हुन् । उनी फिल्म जगतमा आएपछि यति चर्चित भईन् की सन् २०१६ मा गुगलमा सर्वाधिक खोजी गरिनेको आठौँ नंवरमा परेकी छिन् । निमरत कौर  बलिउड फिल्ममा आफ्नो करिअर बनाउन संघर्षरत निमरत कौर सन् २०१६ मा अक्षयकुमारको साथमा एयरलिफ्ट फिल्ममा देखिएपछि एकाएक चर्चामा आईन् । फिल्मसंगै आफ्नो विदाको समयमा खिचाएकी बोल्ड तस्वीरको कारण पनि उनी अझ चर्चामा आईन् र सन् २०१६ मा गुगल सर्चमा सर्वाधिक खोजिनको सूचीमा छैठौँ नंवरमा छिन् । उर्मिला मातोँडकर  अभिनेत्री उर्मिला मातोँडकर केही समय यता बलिउड फिल्म इन्डष्ट्रीबाट बाहिर छिन् । तर उनको चर्चा भने अझै कम भएको छैन । जसको कारण सन् २०१६ मा कैयौँ नामी र चलेका अभिनत्रीलाई पछाडी पार्दै उर्मिला गुगल सर्चको पाँचौ नंवरमा छिन् । पूजा हेगेडे  पूजा हेगेडे एक समय दक्षिण भारतीय फिल्मकी चलेकी अभिनेत्री थिईन् । तर जब उनी ऋतिक रोशनको साथ मोहन्जोदेडो फिल्ममा देखा परिन् । यिनको चर्चा एकाएक चुलियो र सन् २०१६ मा सर्वाधिक खोजी गरिने बलिउड अभिनेत्रीको सूचीमा तेस्रो नंवरमा रहेकी छिन् । दिशा पटानी 

अभिनेत्री दिशा पटानी आफ्नो बोल्ड तस्बिरका कारणले हमेशा चर्चामा रहने गरेकी छन् । उनको अर्काे चर्चाको बिषय अभिनेता टाइगर श्राफसँगको चलचित्र ‘बघी २’ समेत बनेको छ । उर्वशी रौतेला  सर्वाधिक गुगल सर्चमा दोस्रो नंवरमा रहेकी उर्वशी रौतेला एक पेशेवर नृत्यांगाना र मोडल हुन् । आफ्नो सुन्दरताकै कारण गुगल सर्चमा उनी बलिउडका चर्चित अभिनेत्रीलाई पछि पार्न सफल छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१