मान्छे मार्ने बाघ नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जले हात्तीसहितको टोली परिचालन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ भाद्र २०७५, बुधबार १४:०३

दक्षिण चितवनको माडीमा मान्छे मार्ने बाघ नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जले हात्तीसहितको टोली परिचालन गरेको छ ।भदौ सात गते वस्तु चराउन गएका बेला माडी नगरपालिका–९ स्थित गोविन्दबस्तीका ५६ वर्षीय जीतबहादुर राईलाई बाघले आक्रमण गरेर मारेको थियो ।पशु चिकित्सक डा कमल गैरेको नेतृत्वमा वन्यजन्तु प्राविधिकसहित ३४ जनाको टोली बाघ नियन्त्रणमा खटिएका छन् । बाघ समाउन छ वटा हात्ती प्रयोग गरिएको छ ।यसअघि साउनको २१ गते भरतपुर महानगरपालिका वडा नम्बर २५ स्थित राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकी सुशीला डुम्रेलाई बाघले मारेको थियो ।त्यसपछि नियन्त्रणमा लिएको बाघ मरेको निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०