बिमस्टेकका १६ बुुँदामा के-के छ ? २१ वर्षमा आइपुग्दा उपलब्धी कति भयो ?

काठमाडौं । सन् १९९७ मा आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) स्थापना भयो । स्थापनाको २१ वर्षमा आइपुग्दा बिमस्टेकका तीन वटा सम्मेलन मात्र भएको छ ।

पहिलो : थाइल्याण्ड, सन् २००४
दोस्रो : भारत, २००८
तेस्रो : म्यानमार, सन् २०१४

उपलब्धी कति भयो ?

१. यातायात तथा सूचना : भारत, क्षेत्रीय कार्यालय नयाँ दिल्ली

– बिमस्टेक यातायातका आधारभूत तथा पूर्वाधार र तार्किक अध्ययन BTILS बारे एडिबीले सन् २००७ मा छलफल गर्यो ।
– सन् २००९ मा बसेको मन्त्रिस्तरीय बैठकमा छलफल
– सन् २०१३ मा BTILS बारेको पहिलो बैठक म्यानमारमा बस्यो र कार्यपत्र पारित गर्यो ।

उपलब्धी : शून्य

२. पर्यटन
– सन् २००५ : भारतको कोलकत्तामा पहिलो कार्यपत्र प्रस्तुत ।
– सन् २००६ : काठमाडौंमा दोस्रो बैठक ।
– सन् २००७ : भारतको नयाँ दिल्लीमा सूचना केन्द्र स्थापना ।
– सन् २०१३ : सूचना केन्द्र र पर्यटन कोष गठन
उपलब्धी : शून्य

३. आतंकवाद र अन्तर्राष्ट्रिय अपराधकोविरुद्ध : श्रीलंका, थाइल्याण्ड, भारत, म्यानमारद्वारा विभिन्न समूह निर्माण

श्रीलंका : खुफिया साझेदारी
थाइल्याण्ड : आतंकवादको वित्त पोषण
भारत : कानूनी तथा कानून प्रवद्र्धन मुद्दा
म्यानमार : लागुऔषध बेचबिखन रोकथाम

– सन् २००९ मा लागुऔषध बेचबिखन रोकथामबारे भारतमा छलफल र प्रमाणीकरण ।
– सन् २०१३ कानूनी तथा कानून प्रवद्र्धन मुद्दाबारे भारतको नयाँ दिल्लीमा छलफल ।

समूह निस्प्रभावी र उपलब्धी : शुन्य

४. वातावरण तथा विपद् व्यवस्थापन – भारत, क्षेत्रीय कार्यालय नयाँ दिल्ली

– सन् २००८ मा वातावरण तथा विपद् व्यवस्थापनबारे १० औं मन्त्रिस्तरीय बैठकमा छलफल ।
– छलफलको विषयमा तेस्रो सम्मेलनमा हस्ताक्षर गर्ने निर्णय ।
– सन् २०११ मा भारतको नोएडामा बिमस्टेक मौसम र जलवायु परिवर्तन केन्द्र स्थापना ।

५. व्यापार तथा लगानी : क्षेत्रीय कार्यालय बंगलादेशको ढाकामा राख्ने निर्णय

सन् २००४ : बिमस्टेक खुला व्यापार क्षेत्रबारे थाइल्याण्डको फुकेटमा हस्ताक्षर ।
सन् २००९ : व्यापार वार्ता समितिमा खुला व्यापार नीतिबारे छलफल ।
सन् २०११ : छैठौं बिमस्टेक व्यापार र आर्थिक फोरमको बैठक ।
सन् २०१४ : खुला व्यापारको छलफल गर्न प्रबुद्ध समूह गठन, बिमस्टेक भिसाबारे प्रारम्भिक छलफल ।

उपलब्धी : उठाइएका मुद्दा अघि बढ्न सकेन

६. सांस्कृतिक सहयोग

– बिमस्टेक र सांस्कृतिक सहयोगबारे छलफल गर्ने जिम्मा भूटानलाई ।
– तेस्रो सम्मेलनमा बिमस्टेक सांस्कृति आयोग र सांस्कृतिक निरीक्षक गठन गर्ने निर्णय ।
– सन् २००६ : भारतको नयाँ दिल्लीमा सांस्कृति उद्योगबारे प्रबुद्ध समूहको बैठक ।
– सन् २००६ : भुटानको पारोमा पहिलो बिमस्टेक मन्त्रिस्तरीय बैठक ।

उपलब्धी : अगाडि बढ्न सकेन

७. उर्जा

– उर्जाको विषयमा छलफल गर्ने जिम्मा म्यानमारलाई ।
– सन् २००५ मा बायो र पावर ग्रीडको विषयमा छलफल

उपलब्धी : कार्यान्वयन हुन सकेन

८. कृषि

– कृषिको विषयमा छलफल भलाउने जिम्मेवारी म्यानमारलाई ।
– कृषिसँग जोडिएका विषयबारे भारतमा पटक–पटक छलफल ।

उपलब्धी : छलफलका विषय र एजेण्डा जस्ताको त्यस्तै

९. गरिबी निवारण

– गरिबी निवारणका विषयको नेतृत्वकर्ता नेपाल ।
– सन् २०१२ : दोस्रो मन्त्रिस्तरीय बैठक काठमाडौंमा, गरिबी निवारण योजना अनुमोदन ।

उपलब्धी : गरिबीका विषयमा अन्य राष्ट्रले ध्यान दिएनन् ।

१०. प्रविधि

– सन् २०११ : कोलम्बोमा तेस्रो मन्त्रिस्तरीय बैठक ।
– बिमस्टेक प्रविधि स्थानान्तरण परिवर्तन सुविधा स्थापना ।

उपलब्धी : प्रविधिको क्षेत्रमा अन्य मुलुकले तीव्र विकास गर्दा बिमस्टेक सदस्य राष्ट्रले साझा प्रविधिको बाटो अवलम्बन गर्न सकेनन् ।

११. माछा पालन

सन् २०१३ : थाइल्याण्डद्वारा जलीय बिरुवा संस्कृतिबारे प्रशिक्षण ।

उपलब्धी : हालसम्म उक्त विषयमा थप बहस नभएको ।

१२. सार्वजनिक स्वास्थ्य

– सन् २०११ : आर्युवेदिक उपचारको विषयमा भारतमा छलफल ।
– ३० वटा सिटमा आयुस छात्रबृत्ति दिने भारतको घोषणा ।
– सन् २०१० : परम्परागत शैलीको उपचारको विधिका विषयमा थाइल्याण्डमा छलफल ।

उपलब्धी : भारत फाइदामा, अन्य मुलुक बेखबर

१३. जनसम्पर्क

– जनसम्पर्कलाई प्राथमिकता दिने देश थाइल्याण्ड नै भूमिका विहीन ।
– जनसम्पर्क, रक्षाको विषयमा बिमस्टेक सदस्य राष्ट्रबाट अध्ययन गर्नेबारे भारतमा छलफल ।
– सन् २०१० : थिङ्क ट्यांक गठन गर्ने निर्णय ।

१४. जलवायु परिवर्तन

– संयोजनको जिम्मेवारी बंगलादेशलाई ।
– जलवायु परिवर्तनको विषय चर्चामा भएपनि कार्यपत्र भने हालसम्म प्रस्तुत भएको छैन ।

उपलब्धी : शुन्य

चौथो सम्मेलनसम्म आइपुग्दा थपिएका दुई वटा विषय

१५. माउन्टेन ईकोनोमी : समान किसिमका पहाड भएका मुलुकबीच आर्थिक र लगानीका विषयमा केन्द्रित हुने ।

१६. ब्लू ईकोनोमी : समूद्री तहबाट पनि लगानी र आर्थिक सहकार्य बारेमा छलफल गरिने ।

बुधबार, भदौ १३, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री