भदौ १४ र १५ गते काठमाडौं उपत्यकाका विद्यालय विदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ भाद्र २०७५, मंगलवार १५:४१

काठमाडौं । सरकारले काठमाडौंमा विमस्टेक सम्मेलन हुने दिन भदौ १४ र १५ गते विद्यालयहरुमा विदा दिएको छ । विमस्टेक बैठकलाई लक्षित गरी शिक्षा मन्त्रालयले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा विद्यालयमा विदा दिने निर्णय गरेको हो ।विमस्टेक सम्मेलनका लागि विदेशी पाहुनाको आवागमन सहज बनाउन विद्यालय विदा दिने निर्णय गरेको हो । उपत्यकाको सवारी आवागमन सहज बनाउन सरकारले भदौ १३ गतेदेखि तीन दिनसम्म सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । मंगलबार बसेको सुरक्षा महाशाखाको बैठकले जोर विजोर प्रणाली लागू हुने तीनै दिन राति १० बजेदेखि विहान ६ बजेसम्म चल्ने गाडीमा भने जोर विजोर प्रणाली लागू नहुने निर्णय गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०