ऐश्वर्यामाथि ट्रोलः कसैकी नभएकी छोरी तिम्रै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ भाद्र २०७५, मंगलवार १३:५१

बलिउड अभिनेत्री ऐश्वर्या राय आफ्नी छोरीर्लाइ अरुभन्दा स्पेसल देखाउन चाहन्छिन् । ऐश्वर्याले आफ्नो इन्स्टाग्राममा एउटा फोटो सेयर गरेकी छन् । जुन फोटोमा ऐश्वर्याकी छोरी आराध्याले आफ्नो दाई पर्ने बालकलाई राखि बाँधिदिदैछिन् । या ेफोटोलाई लिएर ऐश्वर्याको ट्रोल भइरहेको छ । ऐश्वर्याले आफ्नो ६ वर्षकी छोरीलाई काखमा राखेकी छिन् भने उनका दाई उभिएका छन् । जबकि परम्परागतरुपमा दाजुभाई बस्ने र दिदी बहिनी उभिने हुनुपर्ने हो । तर, यहाँ उल्टो भएको छ । ऐश्वर्याकी छोरी दुई खुट्टाले उभिन नसक्ने सानी होइनन् । अर्कोतर्फ आराध्याको हात पनि ऐश्वर्याले समाइदिएकी छन् ।

यो तस्वीरलाई लिएर धेरैले ऐश्वर्यालाई ट्रोल गरेका छन् । धेरै ट्रोल भएपछि ऐश्वर्याले जवाफ दिन वाध्य हुनु परेको छ । उनले आफ्नी छोरी आफ्नो लागि स्पेशल भएको भन्दै ट्रोल हुँदैमा छोरीप्रतिको व्यवहार परिवर्तन नगर्ने बताइन् ।  धेरैले भने अगाडि क्यामरा भएको अवस्थामा ऐश्वर्याले छोरीप्रति बढि आशक्ति देखाउने गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१