पचास लाख ग्राहकलाई खाना खुवाएको दाबी गर्ने को हुन् धादिङका ईश्वर प्रसाद उपाध्याय ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ भाद्र २०७५, मंगलवार ०५:४५

युएई।  युएईमा दुई नेपाली रेस्टुरेन्ट संचालन गरिरहेका धादिङका ईश्वर प्रसाद उपाध्यायले आफ्नो ब्यावसायिक यात्रामा करिब ५० लाख ग्राहकलाई सेवा पुर्‍याएको दाबी गरेका छन् । बरदुबईमा ईश्वरको स्वामित्वमा रहेका नेपालीको सगरमाथा र नेपाली फुलबारीको एक महिनाको ग्राहकको आवतजावतको अभिलेख देखाउदै उनले रेस्टुरेन्ट संचालन गरेको सात वर्षमा पचास लाख भन्दा बढी ग्राहकलाई खाना खुवाएको दाबी गरेका हुन् । ईश्वर प्रसादको दाबीलाई प्रत्यक्ष बुझ्न हाम्रो टीमले एक दिन उनको स्वामित्वमा रहेका दुई रेस्टुरेन्टको स्थलगत भ्रमण गर्‍यो । उनले आफ्नो रेस्टुरेन्टमा नेपालका ठुला नेतादेखि, कलाकार, गायकगायिका, पत्रकारहरु पनि आएको पुरानो तस्वीरहरु समेत देखाए । एक दिनमा उनका रेस्टुरेन्टमा १ हजारभन्दा बढीले कारोबार गरेको पाइयो । शुक्रबार त दुबै रेस्टुरेन्टमा पालो नै पर्खिनु पर्ने अवस्था थियो । धादिङको एक गाउँबाट ब्यापार गर्न युएई आएका ईश्वरको व्याक्तिगत र व्यावसायिक सफलताको पृष्ठभुमि हामीले खोज्न थाल्यौ ।

आर्थिक सम्पन्नता, युरोपको उपमा दिइन्छ । लाखौं नेपालीहरुको रोजगारीको आकर्षक केन्द्र बन्न सफल यो देशमा व्यवसाय गरी नेपालीहरुको गरिमा उच्च बनाउन केही कर्मठ, परिश्रमी र आत्मविश्वासी युवाहरु निरन्तर प्रयत्नशील छन् । नेपालीहरु जागिर खाने मजदुरमात्रै नभएर अरुलाई जागिर खुवाउन सक्ने क्षमतावन र हैसियत राख्छन् भनेर प्रमाणित भएको छ । युएईमा नेपालीहरु नोकरमात्रै होइन, मालिक पनि छन् भन्ने लहरमा धादिङका ईश्वर प्रसाद उपाध्याय पनि एक हुन् । युएईको नेपाली व्यावसायिक इतिहासमा अधिक ब्यावसायीहरुको पृष्ठभुमि कामदार रहेको पाइएको छ भने ईश्वर प्रसाद भने युएईमा ब्यापारै गर्न भनेर आउने सिमित व्यावसायीमध्येमा पर्छन् ।

कुरा आजभन्दा २० वर्षअधिको हो । त्यो बेला ईश्वर प्रसाद कक्षा १० को पढाइ अन्त्य गरी एसएलसीको तयारीमा थिए । एसएलसीपछी को कहाँ पुगिन्छ भनेर सम्झनाको लागि एकै ब्याचका साथीहरू मिलेर पिकनिक खान गएका थिए । साथीहरूले मिलेर खानपिन र नाचगान गरे । पिकनिकको अन्त्यमा सबैले भविस्यमा कसले के काम गर्ने भन्ने विसयमा सबैले आफ्नो धारणा राख्नुपर्ने भयो । पिकनिकमा सहभागी अधिकले जागिर खाने, सेना वा प्रहरीमा जाने, डाक्टर, इन्जिनियर, बन्ने बनेर रेडिमेड उत्तर दिए । अन्त्यमा ईश्वरको पालो आयो । ईश्वर सानैदेखि आफुलाई अरुभन्दा फरक महसुस गर्थें र आफ्नो भविस्यको योजना कुनै पनि जागिर खाने नभएको तर जागिर दिने काम गर्ने अचानक घोषणा गरेका थिए । सबै साथीहरूले जागिर खाने योजना सुनाईरहदा ईश्वरको योजना ब्यावसायी बन्ने प्रष्ट भएपछि साथीहरूले सामान्य आर्थिक अवस्थाको मान्छेले कसरी अरुलाई जागिर खुवाउला भनेर अविस्वास गरेका थिए । विना योजना व्यापारी बन्ने सपना सार्वजनिक गरेपछि ईश्वरलाई व्यावसाय गर्नैपर्छ भन्ने मनोबैज्ञानिक दवाब बढन थाल्यो । एसएलसीपछि उच्च शिक्षा लिनका लागि ईश्वर काठमाडौं जाने भए ।

बुवाआमाको दरिलो साथ र काठमाडौंका ट्राभल ब्वावसायी जेठो दाजु हरि उपाध्यायको प्रेरणाले उनले आरआर क्याम्पस प्रदर्शनीमार्गमा आईए अध्ययन गर्न थाले । बुवा सुवर्ण प्रसाद उपाध्याय र आमा चन्द्रदेवी उपाध्यायाका पाँच छोरा र २ छोरीहरुमा ईश्वर प्रसाद साइला छोरा हुन । ईश्वर प्रसादका माइला दाजु नेपालको माओवादी ससस्त्र द्वन्द्वमा परेर धादिङ जिल्लाकै प्रथम सहिद भए पनि ईश्वर प्रसाद अहिलेसम्म भ्रष्ट राजनीतिको विरोधी र आफुलाई सचेत देशभक्त नेपाली नागरिक भनी चिनाउन चाहन्छ्न । प्रहरी सेवामा लामो समय काम गरिसकेका मध्यमवर्गीय बुवाले ईश्वर लगायत सबै छोराछोरीलाई उचित पालनपोषण र शिक्षादिक्ष्यामा कोहीभन्दा कम राखेका थिएनन । धादिङ मलेखुको श्री वागेश्वेरी माविमा कक्षा १ देखि १० सम्म पढ्दा पनि ईश्वरको सहभागिता अध्ययन र अतिरिक्त क्रियाकलापमा पनि सशक्त नै रहेको थियो । विधालय जीवनमा पनि अत्यन्तै चलाख, फ़ुर्तिला ईश्वर कक्षामा सधै फरवार्ड र शिक्षक र सहपाठीहरुको प्रियपात्र थिए ।

उच्च शिक्षाको लागि जब ईश्वर काठमाडौं आए, त्यो यात्राले जीवनको गोरेटो कोरियो । काठमाडौंको रहनसहन र जीवनशैलीलाई नजिकबाट बुझेपछि ईश्वरको भेट् लमजुङ जिल्ला कुन्छाकी अम्बिका गौलीसँग भएको थियो । अम्बिकाको सरलता, बोलीचाली र जीवन प्रतिको दृस्ठिकोणले ईश्वर प्रभावित भएपछि मनमोहन कलेजमा अध्ययनरत अम्बिका गौलीसँग मौलाएको ईश्वरको प्रेम २०६० को जेठमा औपचारिक वैवाहिक सम्बन्धमा परिणत भयो । ईश्वरले श्रीमतीको सल्लाह र उत्प्रेरणाबाट बिबाह गरेको तीन महिनापछि काठमाडौंमा ग्रोसरीको व्यापार शुरु गरे विक्रम संवत् २०६० सालको भदौ महिनामा । यो साल ईश्वरको जीवनको टर्निङपोइन्ट र महत्त्वपूर्ण अर्थ राख्ने वर्ष पनि बन्यो । अम्बिकाको साथ र उत्प्रेरणाका कारण जीवनको यो मोडसम्म सही मार्गतर्फ डोहोर्‍याएको गर्वका साथ स्वीकार गर्ने ईश्वर नारी खुसी भएको घरलाई स्वर्ग मान्छन । अध्यात्म, भाग्य र कर्मलाई मान्ने ईश्वर नेपाललाई रातारात धर्म निरपेक्ष बनाइएकोमा आक्रोश पोख्छन् ।

ईश्वरको व्यापारिक यात्राले गुणात्मक रूपमा फाइदा दिलाउदै लग्यो । आवश्यक सिप तथा व्यावसायिक गुण र क्षमता हासिल गर्दै गएका ईश्वर आफ्नो ब्यापारलाई विस्तार गर्ने योजनामा थिए । नेपालमा कमाउदै जादा आइपरेका समस्याले पनि ईश्वरले आफ्नो ब्यापारलाई अन्तर्राष्ट्रिय स्तरसम्म कसरी फैलाउने भनेर सोचिरहेको बेलामा उनका साढुभाइ र आफ्नो सहोदर भाईले युएईको बर दुबई, जसलाई नेपाली चोक वा नेपालीहरुको भेटघाटको केन्द्र मानिन्छ, त्यस स्थानमा नेपाली रेस्टुरेन्ट स्थापनाको लागि पहल गरिरहेका थिए । उनका साला इराकमा रोजगारीमा थिए । अन्ततस् तीन जनाको पार्टनरसिपमा २०१२ मा बर दुबईमा नेपालीको सगरमाथा रेस्टुरेन्ट खोलियो । यो रेस्टुरेन्टमा तिनै जना पार्टनरको सहभागिता, मिहिनेत र गुणस्तर साथै सही लोकेशनका कारण दिनानुदिन व्यापार बढदै गयो । आत्मीय व्यवहार र स्वादिष्ट नेपाली परिकारको संगम बर दुबईको नेपालीको सगरमाथा रेस्टुरेन्टले लोकप्रियता कमाउदै गयो ।

सामाजिक साथै ब्यावसायिक कार्यहरुमा ईश्वर प्रसाद र उनको समुहको चर्चा युएईको नेपाली सामाजिक साथै ब्यावसायिक क्षेत्रमा बढदै गयो । आफू धादिङ जिल्लाको भएर आफ्ना जिल्लाबासीको समस्यामा सकेको सहयोग ईश्वरले गरिरहेका छन् । नेपालीको सगरमाथा रेस्टुरेन्टको सफलताले उनलाई बर दुबईमै नेपाली फुलबारी रेस्टुरेन्ट स्थापना गर्न सक्षम बनायो । नेपाली फुलबारी रेस्टुरेन्टमा सालोलाई पनि साथमा लिएर सहकार्य गरेर ब्यापारलाई विस्तार गर्दै गएका छन् । पार्दर्शिता, पारिवारिक सम्बन्ध र विस्वासका कारण सँगसँगै व्यावसायिक यात्रा शुरु गतेका तीनै जना पार्टनर हिजोआज युएईको नेपाली ब्यावसायिक दुनियाँका चर्चित र सफल ब्यावसायीमा गनिन्छ्न ।

युएईको सरकारी निकायमा पहिलो पटक दर्ता भएको नेपाली बिज्नेस काउन्सिल दुबईका बोर्ड मेम्बर समेत रहेका इश्वर प्रसाद युएईको सक्रिय जिल्लास्तरीय सामाजिक संस्था धादिङ समाज युएईका सल्लाहकार समेत हुन । धादिङ लगायत नेपालका विभिन्न जिल्लामा संचालित गाउँगाउँमा कम्प्युटर शिक्षा अभियानमा आर्थिक सहयोग गर्न र जुटाउन पहल गरेका ईश्वरले युएईमा समस्यामा परेका नेपालीहरुलाई रित्तो हात नफर्काएको बताएका छन् । गाउँठाउको विकास, क्याम्पस निर्माण, मठमन्दिरको निर्माणमा सानै भए पनि सहयोग ईश्वरले नियमित सहयोग गरिरहेका हुन्छन् ।

युरोपसम्म व्यापार विस्तारको योजना 

ईश्वर आफ्नो ब्यापारलाई युरोपसम्म फैलाउने योजना रहेको बताउँछन् । ब्यापारिक सम्भावनाको खोजी र पारिवारिक भ्रमणको संयोग जुराउदै ईश्वर प्रसाद उपाध्याय गत जुलाई महिनामा १० दिने युरोप भ्रमण पूरा गरि दुबई फर्किएका छन् । फ्रान्स, जर्मन र स्विजरल्यान्डको भ्रमणले आफ्नो ब्यावसाय केकसरी युरोपसम्म पुर्याउन सकिन्छ भन्ने अध्ययन भ्रमण उपलब्धिमुलक रहेको ईश्वर प्रसादले बताएका छन् । नेपाल कृषिप्रधान देश भए पनि युरोपेली शैलीमा प्रविधियुक्त खेती नगरेसम्म नेपाल आत्मनिर्भर नहुने ईश्वरको मान्यता छ । नेपालको वातावरण हरेक कोणबाट अनुकूल भए पनि हिमाल, पहाड र तराईको सही सदुपयोग नभएको कारण देशको आर्थिक अवस्था कमजोर भएको तर्क ईश्वरको छ । नेपालमा व्यापार गर्नलाई सुरक्षाको पुर्ण ग्यारेन्टी सरकारले दिनुपर्ने र कुनै प्रशासनिक झन्झट नभएको खण्डमा व्यापारबाट आर्थिक प्रगति हुने उनको विस्वास छ । कृषिमा आधुनिक यन्त्र र युरोपेली शैली अपनाउने हो भने देशको अर्थतन्त्र दरिलो हुने ईश्वरको तर्क छ ।

२१ जनालाई ५० हजार बराबर तलब ।

ईश्वर र उनको समुहद्वारा संचालित नेपालीको सगरमाथा रेस्टुरेन्ट र नेपाली फुलवारी रेस्टुरेन्टमा गरी २१ जना नेपाली कामदारले प्रत्यक्ष रोजगारी पाएका छन् । ईश्वरको शब्दमा भन्ने हो भने नेपालका सांसद र मन्त्रीहरुको तलव बराबर उनका सबै कामदारहरुले नियमित पाएर आफ्नो परिवारको गर्जो टारिरहेका छन् । बेरोजगारीले आक्रान्त नेपालमा २१ जनामा आश्रीत परिवारका सदस्यहरुको पालनपोषण र शिक्षादिक्षामा राहत मिल्नु पनि एउटा गर्व गर्न लायक काम भनेर दाबी गरेका छन् । उनको रेस्टुरेन्टमा सबै कामदार नेपाली रहेका छन् भने धेरैजसो धादिङ जिल्लाका रहेका छन् ।

सुशील श्रीमती, प्रतिभाशाली छोरीहरु

व्यावसायिक, आर्थिक, सामाजिक र पारिवारिक जीवन मा सफलता प्राप्त गर्न आफ्नी श्रीमती अम्बिकाको सरलता, धैर्य, साहस र सुशीलपन नै कारक भएको ईश्वरले स्वीकार गरेका छन् । मनमोहन कलेज काठमाडौंमा शिक्षा शास्त्रमा स्नातकसम्म अध्ययन गरेकी अम्बिकाले ब्यापारदेखि ब्यवहार सबै स्थानमा ईश्वरलाई दर्बिलो साथ दिएकी छन् । ईश्वर र अम्बिकाका फुलका थुंगा जस्ता दुई छोरीहरु युएईमै अध्ययन गरिरहेका छन् । बृटीस मित्रहरूको प्रभावमा नामाकरण गरिएकी १० वर्षकी लिलिसा उपाध्याय युएईको निम्स स्कुलमा सधैं प्रथम स्थान हासिल गर्दै कक्षा ७ मा अध्ययन गरिरहेकी छन् । ६ वर्षकी लिलिसाकी बहिनी मरिसा उपाध्याय पनि कम प्रतिभाशाली छैनन । दुई छोरीहरुलाई समझदार, अनुशासित र योग्य बनाउने लक्ष्य लिएका उपाध्याय दम्पतीले अहिलेको परिप्रेक्षमा छोराछोरी दुबै बराबरी मान्नुपर्छ भन्ने अझ छोरीहरुले आफ्ना बुबाआमालाई विशेष ख्याल गर्ने दाबी गरेका छन् । ८नेपाल सरकारलाई सुझाव८ युएईका सफल रेस्टुरेन्ट व्यावसायी ईश्वर प्रसाद उपाध्यायले नेपाल सरकारले बिदेशमा रहेका नेपाली व्यापारीको अभिलेख राख्नुपर्ने सुझाव दिएका छन् । बिदेशमा नेपालीहरु जागिर खान मात्रै गएका छैनन, ब्यापार(ब्यावसाय गरेर नेपाल र नेपालीहरुको प्रतिष्ठा बडाइरहेको तर्क ईश्वरको छ । देश बाहिर ब्यावसाय गर्नेहरूको तथ्यांक सम्बन्धित देशका दूतावासको सहयोगमा संकलन गरेर व्यावसायीहरुलाई नेपाल सरकारले परिचयपत्र प्रदान गर्नुपर्ने र त्यसको लागि बिदेशमा रहेका नेपाली व्यावसायीहरुले वार्सिक रूपमा निश्चित रकम कर स्वरुप वा नविकरण शुल्क लिने व्यवस्था गर्नुपर्ने सुझाव ईश्वरको रहेको छ ।यसो गरेको खण्डमा नेपाल सरकारको कोषमा उल्लेख्य रकम जम्मा हुने र त्यो रकम कल्याणकारी कोषमा पनि राख्न सकिने उनको विश्लेषण छ ।

पछिल्लो समयमा नेपाल सरकारले विभिन्न शिर्षकमा कर लगाएकोमा उनको आक्रोश छ । ईश्वरले सबैभन्दा पहिला नेपालका इन्जिनियरलाई विदेशको भ्रमण गराएर, विदेशको प्रविधिबारे जानकारी हासिल गराउन नेपाल सरकारले पहल गर्नुपर्ने सुझाव दिएका छन् । त्यसो गरेमा देशको चौतर्फी विकास हुने र विकास भए मात्रै कर लिन सरकारलाई सुहाउने ईश्वरले बताएका छन् । साभार – हिमालय अनलाइन मिडिया

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१